English

सडकछेउको रुख एक्कासी ढलेपछि (फोटो फिचर)



भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्रफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताए । मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका–२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

ठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटना आइतबार दिउँंसो १२ बजेतिर भएको हो ।

यो पनि…
रामेछाप बस दुर्घटना (तस्बिरसहित)
भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested