English

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा १०६औं नम्बरमा नेपाल



विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ ।

विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् ।

हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनअराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ ।

यसैलाई आधार बनाएर हेन्ली एण्ड पार्टनर्सले हालै ‘पासपोर्ट इन्डेक्स २०२२’ सार्वजनिक गरेको हो । ३८ देशले अनअराइभल भिसा दिने नेपाली पासपोर्टलाई सूचीमा १०६औ नम्बरमा राखिएको छ ।

सूचीको पहिलो नम्बरमा जापान रहेको छ । जापानी पासपोर्ट वाहकलाई विश्वका १९३ देशले अनअराइभल भिसा दिने गरेका छन् । दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् । दुवै देशका पासपोर्ट वाहकलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

सूचीको तेस्रोमा नम्बरमा जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली र लक्जेमवर्ग रहेका छन् भने पाँचौं स्थानमा अष्ट्रिया, डेनमार्क, नेदरल्याण्ड्स र स्वीडेन छन् ।

विश्वको सबैभन्दा कम शक्तिशाली पासपोर्ट अफगानिस्तानको रहेको छ । अफगानिस्तानको पासपोर्ट वाहकलाई विश्वका मात्र २७ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालपछि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन् ।

दक्षिण एसियामा नेपाली पासपोर्टभन्दा माल्दिभ्स, भुटान, बंगलादेश, भारत र श्रीलंकाको पासपोर्ट बढि शक्तिशाली देखिएको छ ।

हेन्ली एण्ड पार्टनर्सको सन् २०२१ को सूचमा नेपाल ११०औं नम्बरमा रहेको थियो र नेपालपछि सात देश रहेका थिए ।

यो पनि…
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested