English

‘मध्यरातमा एक्लै केक काटेर आफ्नो जन्मदिन मनाएँ’ (भिडियो पनि)



चुक घोप्टिएको अन्धकार झैँ लाग्ने ती संघर्षका दिन थिए । करिअर ४–५ वर्षको उकालीतर्फ उक्लिँदै थियो । जीन्दगीको रथ सोचेभन्दा विपरित गतिमा बढिरहेको भान हुन्थ्यो, कहिलेकहीँ । आर्थिक संकटले लखेटिरहेको थियो । यहीबीचमा आयो जन्मदिन । साउन ५ गते । एक्कासी केक काट्ने रहर जाग्यो । आफैंले केक अर्डर गरे । साथीभाई कसैलाई सम्झिएनन् । रातको १२ बजे एक्लै केक काटे । अनि रुँदै–रुँदै डायरीमा जीन्दगीका भोगाइहरु कोरे । त्यो डायरीमा कोरिएका शब्दहरु अहिले उनको सफलतासँगै नाच्छन् । यो भोगाई हो, अभिनेता पुष्प खड्काको ।

कैलालीस्थित लम्कीचुहा नगरपालिकाको गप्का गाउँमा २०४५ सालमा जन्मिएका हुन् खड्का । बुबा दानबहादुर र आमा बीमादेवीले चार सन्तानलाई जन्म दिए । दोस्रो सन्तानको रुपमा जन्मिएका पुष्पभन्दा अघि एक दिदी छिन् । उनी पछिका एक भाई र बहिनी छन् ।

मलाई बुबाले साइकलमा स्कुल पुर्याउनुपर्थ्यो, यदि कुनैदिन भ्याउनु भएन भने म रुँदै स्कुल जान्थेँ मलाई फकाउन कि पैसा दिनुपर्थ्यो कि साइकल नै चाहिन्थ्यो ।

गप्का गाउँको मध्यम वर्गीय परिवार जन्मिएका पुष्प तीन वर्षको हुँदा बुबाआमा रोजगारीको सिलसिलामा भारतर्फ लागे । बुबाले भारतको महाराष्ट्र पुनेस्थित एक कोलोनीमा सुपरभाइजरको रुपमा काम गर्न थाले । आमा चाहिँ त्यही कोलोनीभित्रको गाई फार्ममा काम गर्थिन् । पुष्पलाई पनि स्कुल भर्ना गरियो । घर नजिकै थियो, स्कुल । बुबाले साइकलमा स्कुल पुर्याउँथे । उनलाई त्यही बानी पर्यो । ‘मलाई बुबाले साइकलमा स्कुल पुर्याउनुपर्थ्यो,’ पुष्प बाल्यकाल सम्झँदै भन्छन्, ‘यदि कुनैदिन भ्याउनु भएन भने म रुँदै स्कुल जान्थेँ मलाई फकाउन कि पैसा दिनुपर्थ्यो कि साइकल नै चाहिन्थ्यो ।’

बाल्यकालमा उनको पढाई राम्रो थियो । तर, उनी आफ्नो बदमासी पनि भुल्न सक्दैनन् । साथीहरु उनलाई बुबाको पकेटबाट पैसा चोर्न उकास्थे । त्यसैको लहैलहैमा लागेर उनले बुबाको थुप्रै पैसा चोरेको सम्झन्छन् । भन्छन्, ‘त्यो पैसाले चकलेट खाने, साथीहरुसँग घुम्न जाने गर्थ्यौं ।’

कक्षा ४ मा पुगेपछि उनको पढाई खस्कन थाल्यो । त्यसपछि उनलाई ट्युसन कक्षा हालियो । ‘ट्युसन पढाउने मिसले एकदिन नराम्ररी पिट्नुभयो,’उनी सम्झन्छन्, ‘भोलिपल्टबाट जानै छोडेँ ।’

जीवनको ३४ औं वसन्तलाई स्वागत गरेका पुष्पले यो उमेरसम्म आइपुग्दा भव्य तरिकाले जन्मदिन मनाएका छैनन् । उनलाई रहर पनि लागेन । कक्षा १० सम्म पढ्दा उनलाई जन्मदिन कहिले आयो गयो पत्तै भएन ।

यहीक्रममा उनकी आमा नेपाल आइन् । बुबा कामको व्यस्तताले गर्दा खासै उनको रेखदेखमा समय दिन भ्याउँदैन थिए । पुष्प झन् झन् बिग्रँदै गए । स्कुलमा नतिजा सोचेजस्तो आएन, स्कुलबाट पनि गुनासो आउन थाल्यो । बुबाले उनलाई नियन्त्रणमा राख्न सकेनन् । अनि उनलाई नेपाल पठाइयो । गप्कास्थित राष्ट्रिय नवजागृत स्कुलमा कक्षा ६ मा भर्ना भएर पढ्न थाले । तैपनि बानी सप्रिएन । जसो तसो एसएलसी उत्तिर्ण गरे ।

यी त भए पुष्पका बाल्यकालसम्मका कहानी । अब उनका जन्मदिनका कुरा सुनौं ।

…अनि पो जन्मदिन पनि मनाउनुपर्ने रहेछ भन्ने थाहा भयो

जीवनको ३४ औं वसन्तलाई स्वागत गरेका पुष्पले यो उमेरसम्म आइपुग्दा भव्य तरिकाले जन्मदिन मनाएका छैनन् । उनलाई रहर पनि लागेन । कक्षा १० सम्म पढ्दा उनलाई जन्मदिन कहिले आयो गयो पत्तै भएन ।

जब एसएलसीपछि होस्टल बसेर प्लस टु पढ्न थाले त्यसपछि मात्रै जन्मदिन पनि मनाउनुपर्ने रहेछ यो दिन विशेष हो भन्ने थाहा पाए । ‘जन्मदिनको महत्व त धेरै पछि थाहा पाएँ,’ उनी भन्छन्, ‘तैपनि भब्य तरिकाले जन्मदिन मनाएको छैन ।’

फ्यानबाट पाएको पहिलो बर्थ डे गिफ्ट

तर, हिजोआज भने उनलाई जन्मदिनको दिन फ्यानहरुले नै विशेष बनाइदिन्छन् । उनका एकजना फ्यान छन् सुजन श्रेष्ठ । धेरैवर्ष पहिला श्रेष्ठले जन्मदिनको अवसर पारेर उनलाई फोटो फ्रेम उपहार दिएका थिए । त्यो नै उनले जन्मदिनमा पाएको पहिलो उपहार थियो । ‘सुजनबाट त्यो फोटो फ्रेम अहिले पनि मेरो घरमा सुरक्षित छ,’ उनी भन्छन्, ‘कसैले माया गरेर कुनै उपहार दिन्छ भने त्यसप्रतिको प्रेम बेग्लै हुँदो रहेछ ।’

जन्मदिनको दिन पुष्पले आफन्त, साथीभाई, समर्थकबाट शुभकामना, आशिर्वाद थापिरहेका हुन्छन् । यद्यपि, जन्मदिने आमाबुबालाई सँगै राखेर आशिर्वाद थाप्न यो उमेरसम्म पाएका छैनन् । ‘त्यो पललाई म कुरिरहेको छु,’ उनी भन्छन्, ‘पक्कै पनि कुनै न कुनै दिन मैले मेरा आमाबुबा एकै ठाउँ राखेर आशिर्वाद थाप्न पाउने नै छु ।’

यद्यपि उनी हरेक जन्मदिनमा पशुपतिनाथ मन्दिर पुग्छन् । भगवानलाई आफ्ना मनका कुरा सुनाउँछन् । पुजारीलाई जन्मदिनको विशेष पुजा गर्न लगाउँछन् ।

अनि मैले ‘पुष्प खड्का’ जन्माएँ

पुष्पलाई लाग्छ, ‘जन्म भगवानको बरदान हो र मृत्यु सत्य हो । त्यसपछिको जीन्दगी भनेको जन्मपछिको भोगाई हो ।’ यही कुुराले उनलाई जीवनमा प्रेरणा दिइरह्यो । जसले नेपाली चलचित्र क्षेत्रमा ‘पुष्प खड्का’ जन्माउन सघायो । तुलसी घिमिरेद्वारा निर्मित चलचित्र दर्पण छायाँ २ मा जुन दिन अनुबन्धित भए त्यही दिनबाट पुष्प खड्का जन्मिएको उनी सुनाउँछन् । यहीँनेर पुष्पको भावना कता कता दार्शनिक भावमा बग्न थाल्छ ।

दर्पण छायाँले जन्माएको अर्को पुष्पका बास्ना ‘मंगलम’, ‘मारुनी’, ‘दाल भात तरकारी’ लगायतका चलचित्रमार्फत आमदर्शकले लिइसके । उनी अभिनित पछिल्लो चलचित्र ‘कृष्णलिला’ मा उनको लिला हेर्न धेरै दिन कुर्नुपर्ने छैन ।

‘जुन दिन मैले दर्पण छायाँ २ चलचित्रको सम्झौता पत्रमा हस्ताक्षर गरेँ त्यो दिन ‘पुष्प खड्का’लाई मैले जन्म दिएँ,’ उनले ती दिन याद गरे,‘जसको जस तुलसी सर(निर्देशक तुलसी घिमिरे) लाई दिनै पर्छ । किनकी त्यो भन्दा अघिको पुष्प खड्का र त्यो दिनबाट कलाकारको रुपमा देखिने पुष्प खड्कामा ठूलो भिन्नता थियो ।’

यसरी दर्पण छायाँले जन्माएको अर्को पुष्पका बास्ना ‘मंगलम’, ‘मारुनी’, ‘दाल भात तरकारी’ लगायतका चलचित्रमार्फत आमदर्शकले लिइसके । उनी अभिनित पछिल्लो चलचित्र ‘कृष्णलिला’ मा उनको लिला हेर्न धेरै दिन कुर्नुपर्ने छैन ।

संघर्षबाट सफलतातर्फबाट लम्किरहेका अभिनेता पुष्पलाई हाम्रो पनि जन्मदिनको शुभकामना !

याे पनि :
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)

भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

(यो सामाग्री नेपाली पात्रोमा पनि उपलब्ध छ ।)



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested