English

झोलुङ्गे पुल तरेको कर प्रतिव्यक्ति २० रुपैयाँ



सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति २० रुपैयाँ कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने १० रुपैयाँ कर लाग्नेछ ।

मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

मठमन्दिर प्रवेशमा रोक

बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ ।

आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए । यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिए । मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो ।

मन्दिर योगमाया गौतमको नेतृत्वमा ३० वर्ष अघि पुनःनिर्माण गरिए पनि पहिराका कारण भत्केपछि अहिले पुनःनिर्माण गरिएको हो ।

मन्दिर पुनःनिर्माण

चन्दा सङ्कलन गरी बागलुङ–८ सिगानाको एक मन्दिर पुनःनिर्माण गरिएको छ । साँयकोटमा रहेको २०० वर्ष पुरानो कमलजैशीको मन्दिर पुनःनिर्माण गरिएपछि मङ्गलवार उद्घाटन गरिएको छ ।

मन्दिर योगमाया गौतमको नेतृत्वमा ३० वर्ष अघि पुनःनिर्माण गरिए पनि पहिराका कारण भत्केपछि अहिले पुनःनिर्माण गरिएको हो । स्थानीयवासीका सक्रियतामा चन्दा सङ्कलन गरी निकै जीर्ण मन्दिरको पुनःनिर्माण गरी उद्घाटन गरिएको कमलजैशी मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिए । चार लाख रुपैयाँ लागतमा मन्दिरलाई आधुनिक शैलीमा पुनःनिर्माण गरिएको हो । ढुङ्गामाटाले निर्मित मन्दिर भत्केपछि ढलान गरी पक्की बनाइएको हो ।

बागलुङ–८ वडा कार्यालयबाट एक लाख रुपैयाँ, बुछुङ–सल्लेरी सामुदायिक वनबाट २५ हजार रुपैयाँ, सिर्जनशील स्वास्थ्य आमा समूहबाट २१ हजार १११, कायमारे सामुदायिक वनाबाट १० हजार रुपैयाँ, नगरपालिकाबाट १० हजार रुपैयाँ र अन्य स्थानीयवासीबाट चन्दा सङ्कलन गरी रु चार लाखभन्दा बढी खर्चेर मन्दिर पुनःनिर्माण गरिएको हो । मन्दिर उद्घाटनका अवसरमा शिव खड्का र अर्जुन खड्काले अग्रज अभिभावकका सम्झनामा घण्ट स्थापना गरेका थिए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested