English

सैलुन ब्यवसायमा रमाउँदै अमेरिकी नेपाली



शिव शर्मा
एक दशकअघि टेक्सासको डालसमा माला महतले सैलुन सुरु गर्दा नेपालीले सञ्चालन गरेका सैलुन फाटफुट्ट मात्र थिए । सन् २००५ मा अमेरिका आएको केही वर्षपछि मालाले एभरेस्ट थ्रेडिङ सैलुनका नाममा सौन्दर्य व्यवसाय प्रारम्भ गरेकी थिइन् । टेक्सासको सहरी क्षेत्र डालसमा सुरु भएको उनको व्यवसायका मुख्य ग्राहक अमेरिकी नै थिए । फाटफुट्ट केही नेपाली पनि उनको सैलुन पुग्थे ।


ब्युटिपार्लरले मासिक ५ लाख नेपाली रुपैयाँदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

अहिलेसम्म करोडभन्दा बढी लगानी भैसकेको उनको सैलुनमा धेरै नेपालीले रोजगारीसँगै तालिमसमेत लिने मौका पाएका छन् । नेपाली महिलाहरूलाई यो व्यवसाय गर्न सहज छ, मालाले भनिन्– आफैं खट्न सके कमाइ पनि राम्रो छ । अहिले एभरेस्टका नाममा डालस क्षेत्रमा मालाको स्वामित्वका चारवटा सैलुन सञ्चालनमा छन् । मालाका अनुसार तालिम लिएका ५० जना नेपाली महिलामध्ये केहीले आइब्रो पार्लर खोलेका छन् भने कतिले अन्यत्र काम गरिरहेका छन् । थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिने भएकाले सैलुन अमेरिकाका सबैजसो राज्यका महिलाहरूको रोजाइमा पर्दै आएको छ ।


सामान्यतः १० हजार डलरबाट सामान्य कोठा भाडामा लिएर पनि आइब्रो पार्लर चलाउन सकिन्छ । अहिले नेपालीहरूले २० हजार डलरदेखि १ लाख डलरसम्म लगानी गरेर सैलुन सञ्चालन गरेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । आईब्रो सेवा मात्र सञ्चालन गर्नेदेखि हेयर केयर, फेसियल, हिना ट्याटु, वाक्स सबै एकै ठाउँमा समावेश गरेर व्यवसाय सञ्चालन गर्ने नेपालीहरूको संख्या पनि उल्लेख्य पाइन्छ । त्यस्तै तालिम लिएर भारतीय, पाकिस्तानी तथा अमेरिकी पार्लरमा आफ्नो सीपको सदुपयोग गर्ने नेपालीहरू पनि त्यत्तिकै छन् ।

झन्डै आठ वर्ष अमेरिकाकै न्युयोर्कमा सौन्दर्य क्षेत्रमा काम गरेको अनुभवलाई सदुपयोग गर्दै शारदा थापाले टेक्सासकै हर्स सहरमा आफनै लगानीमा सनसाइन ब्युटी सैलुन सञ्चालनमा ल्याइन् । न्युयोर्कबाट सैलुन व्यवसायी गर्न सपरिवार टेक्सास आएकी शारदाले राम्रो सम्भावना देखेरै यता आएको बताइन् । शारदाको पार्लरमा आईब्रो बनाउनेदेखि हेयर डिजाइन, फेसियल तथा नेल आर्टको सुविधा उपलब्ध छन् । पार्लरमा चार जनाले रोजगारी पनि पाएका छन् । शारदाको पार्लरमा ५० लाख रुपैयाँ लगानी छ ।

सैलुन व्यवसायमा राम्रो अवसर देखेर नै ब्युटी स्कुलमा अध्ययन गर्ने नेपाली युवतीहरूको संख्या बढ्दो छ । यो व्यवसायको भविष्य देखेरै पोखराकी अपराजिता पहारी सुवेदी सौन्दर्यसम्बन्धी स्कुलमा अध्ययन गरिरहेकी छिन् । भारतीयले सञ्चालन गरेको पार्लरमा समेत प्रयोगत्मक तालिम लिइरहेकी अपराजिताले टेक्सासमै निकट भविष्यमा पार्लर सञ्चालन गर्न लागेको बताईन । हामी महिलाहरूका लागि यो भन्दा सजिलो अर्को पेसा छैन, अपराजिताले भनिन्– थोरै लगानीबाट पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

नेपाली महिलाहरूमा ब्युटीपार्लर व्यवसाय प्रतिको आकर्षण बढ्दो छ, नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछाने भन्छन्– तालिम लिएर यो व्यवसायमा लाग्ने नेपालीहरूको संख्या उल्लेख्य छ । लामिछानेले कमाइसँगै ग्राहकबाट टिप्स पनि प्राप्त हुने भएकाले पनि नेपाली महिलाहरूमा यो व्यवसायप्रति आकर्षण बढेको हो । अमेरिकामा ब्युटिपार्लर सञ्चालनका लागि अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने कडा नियम छ । १ हजार ५ सय घण्टाको कोर्स पूरा गरेर परीक्षा दिएपछि मात्र लाइसेन्स पाइन्छ । टेक्सासको डालस क्षेत्रमा मात्र नेपालीहरूले सञ्चालन गरेको पार्लरको संख्या ५० भन्दा माथि भएको अनुमान गरिन्छ । टेक्सासका अन्य सहरी क्षेत्रमा पनि उल्लेख्य रुपमा नेपाली पार्लर छन् । सामान्यः आइब्रो बनाउने अन्यदेखि ब्युटिपार्लरले मासिक ५ लाख नेपाली रुपैयाँदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा हङकङमा पनि मनाइएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका