English

यसरी हुँदैछ एनआरएन ग्लोबल सिङ्गिङ आइडल



एनआरएन ग्लोबल सिङ्गिङ आइडल, सेकेन्ड जेनेरेसन–२०२१ को तयारी अन्तिम चरणमा पुगेको छ । गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त गायन प्रतियोगिताको यतिबेला डिजिटल अडिसन चलिरहेको छ ।

३० अप्रिलसम्म चल्ने डिजिटल अडिसनमा गैर–आवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरूले सहभागिता जनाउन पाउँछन् । उक्त प्रतियोगितामा विश्वका ६ वटा क्षेत्रीय उप–समितिहरूबाट प्रतियोगीहरू सहभागी हुने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले जनाए ।

राज रेग्मी

डिजिटल अडिसनमा सहभागिता जनाउन चाहनेले आफू रहेको देशको राष्ट्रिय समन्वय परिषद्लाई गीत अनुसारको नेपाली पोशाक, नाम, देशको नाम, गीतको बोल, गीतको सर्जक तथा गायक/गायिकाको नामसहित प्रष्ट नेपाली भाषामा ३ मिनेटको सम्पादन नगरिएको भिडियो पठाउनुपर्ने छ ।

परिषद्ले उक्त भिडियो क्षेत्रीय समितिलाई छनोटका लागि पठाउँछ । क्षेत्रीय समितिले छनोट भएका भिडियोलाई फेरि आयोजक समितिलाई उपलब्ध गराउँछ । उक्त छनोट भएका प्रतियोगीहरूलाई निर्णायक मण्डलले मूल्याङ्कन गरी ५० जनालाई ओपनिङ राउन्डमा लैजान्छन् । यो आइडलको निर्णायक मण्डलमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

आइडलको निर्णायक मण्डल

आइडलको ओपनिङ राउन्ड भर्चुअलमार्फत् १४ मे २०२१ नेपाली समय बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । ओपनिङ राउन्ड तीन चरणको हुन्छ, जसअन्तर्गत अन्तरा, सारेगम र पियानो राउन्ड हुनेछ । डिजिटल राउन्डबाट छनोट भएका ५० जनाले ओपनिङ राउन्डको अन्तरा राउन्डमा प्रस्तुति दिनेछन् । सोही प्रस्तुतिको आधारमा निर्णायकहरूले ४० जना छनोट गरी सारेगम राउन्डमा लैजानेछन् । उक्त राउन्डमा पनि प्रतियोगीको प्रस्तुतिको आधारमा ३० जना पियानो राउन्डका लागि योग्य हुनेछन् । पियानो राउन्डमा प्रवेश गरेका तीसै जना प्रतियोगी गाला राउन्डमा पुग्नेछन् ।

गाला राउन्ड पनि तीन चरणको हुन्छ । मे १५ मा नेपाली समय बिहान ११ बजेबाट सुरु हुने यो राउन्डको पहिलो चरणमा ३० जना प्रतियोगीले प्रस्तुति दिनेछन्, जसबाट ५ जना बाहिरिनेछन् । यसैगरी, दोस्रो चरणमा २५ जनाबाट २० जना छनोट हुनेछन् र तेस्रो चरणमा २० जनाबाट १५ जना छनोट भएर ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन् ।

२१ मे मा हुने ग्राण्ड फिनाले पनि तीन चरणमा हुनेछ, जसको पहिलो चरणमा १५ जनाले प्रस्तुति दिनेछन् । जसबाट ५ जना बाहिरिएर १० जना छनोट हुनेछन् । यसैगरी, दोस्रो चरणमा १० जनाबाट ५ जना छानिनेछन् र तेस्रो चरणमा ५ जनाबाट पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ घोषणा गरिनेछ ।

उक्त आइडलको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले एक लाख र पाँचौले ५० हजार पुरस्कार पाउने प्रतियोगिताका क्षेत्रिय संयोजक प्रबिन गुरुङले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested