English

प्रधानमन्त्रीद्वारा भानुभक्तको शालिकमा माल्यार्पण (फोटो फिचर)



२९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो ।

नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन ।

काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

यो पनि…
कसरी मनाइन्छ बकर ईद पर्व ?
रमजान सुरु, यस्तो छ धार्मिक महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested