English

झुम्काले कानको लोती दुखाउछ, यसो गर्नुहोस्



विवाह भोज वा अन्य कुनै पार्टी मै किन नहोस् महिलाहरु सधै बिशेष सजधजका साथ जान रुचाउछन् । यस्तो किसिमको समारोहमा महिलाहरुले बिशेषत हेभी झुम्का लगाउनै रुचाउछन् ।

झुम्काले महिलाको सुन्दरतालाई थप अर्कषक बनाउँछ । तर लामो समयसम्म हेभी झुम्का लगाउँदा महिलाको कानको लोती दुख्ने समस्या देखिन्छ भने कसै–कसैको कानको लोतीमा घाउँ पनि हुन्छ ।
यस्तो समस्याको कारण कानमा झुम्का लगाउन झन्झट लाग्छ भने यी कुरामा ध्यान दिनुहोस् र समस्याबाट मुक्त हुनुहोस् ।

क्रिम वा तेल लगाउनुहोस्

हेभी झुम्का लगाउनु भन्दा पहिला कानमा क्रिम वा तेल लगाउनुहोस् । यसले तपाईको कानको लोतीको छालालाई नरम बनाउँछ । यसरीे झुम्का लगाउँदा तपाईको कानको दुखाई कम हुन्छ ।

लगातार झुम्का नलगाउने

लगतार पार्टी वा कुनै समारोह सहभागी भैरहनु पर्ने अवस्था छ भने हेभी झुम्का लगातार नलगाउनु नै राम्रो हुन्छ । यस्तो समारोह लगातार भैरहन्छ भने हलुका किसिमको इयररिङ लगाउदा कानको लोतीमा दुखाई कम हुन्छ ।

हेभी झुम्का नलगाउने

कुनै समारोहमा लामो समय विताउनु पर्छ भने यस्तो अवस्थामा हेभी झुम्का नलगाउनु नै राम्रो हुन्छ । यदी पार्टीमा फोटो खिचाउँनु पर्ने अवस्था आयो भने फोटो खिच्ने बेलामा हेभी झुम्का लगाएर फोटो खिच्न सक्नुहुन्छ । त्यसपछि हेभी झुम्कालाई खोलेर हलुंगो किसिमको झुम्का लगाउनु राम्रो हुन्छ ।

झुम्कामा सिक्रिको प्रयोग

हेभी झुम्का लगाउदा कानको लोती दुख्छ भने झुक्कालाई सहारा दिन सिक्रिको प्रयोग गर्न पनि सकिन्छ । झुम्कामा सिक्रि भयो भने झुम्काको भार कानको लोतीलाई मात्र पर्दैन । यसले कानको लोती दुखाईलाई कम गर्छ ।



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested