झुम्काले कानको लोती दुखाउछ, यसो गर्नुहोस्



विवाह भोज वा अन्य कुनै पार्टी मै किन नहोस् महिलाहरु सधै बिशेष सजधजका साथ जान रुचाउछन् । यस्तो किसिमको समारोहमा महिलाहरुले बिशेषत हेभी झुम्का लगाउनै रुचाउछन् ।

झुम्काले महिलाको सुन्दरतालाई थप अर्कषक बनाउँछ । तर लामो समयसम्म हेभी झुम्का लगाउँदा महिलाको कानको लोती दुख्ने समस्या देखिन्छ भने कसै–कसैको कानको लोतीमा घाउँ पनि हुन्छ ।
यस्तो समस्याको कारण कानमा झुम्का लगाउन झन्झट लाग्छ भने यी कुरामा ध्यान दिनुहोस् र समस्याबाट मुक्त हुनुहोस् ।

क्रिम वा तेल लगाउनुहोस्

हेभी झुम्का लगाउनु भन्दा पहिला कानमा क्रिम वा तेल लगाउनुहोस् । यसले तपाईको कानको लोतीको छालालाई नरम बनाउँछ । यसरीे झुम्का लगाउँदा तपाईको कानको दुखाई कम हुन्छ ।

लगातार झुम्का नलगाउने

लगतार पार्टी वा कुनै समारोह सहभागी भैरहनु पर्ने अवस्था छ भने हेभी झुम्का लगातार नलगाउनु नै राम्रो हुन्छ । यस्तो समारोह लगातार भैरहन्छ भने हलुका किसिमको इयररिङ लगाउदा कानको लोतीमा दुखाई कम हुन्छ ।

हेभी झुम्का नलगाउने

कुनै समारोहमा लामो समय विताउनु पर्छ भने यस्तो अवस्थामा हेभी झुम्का नलगाउनु नै राम्रो हुन्छ । यदी पार्टीमा फोटो खिचाउँनु पर्ने अवस्था आयो भने फोटो खिच्ने बेलामा हेभी झुम्का लगाएर फोटो खिच्न सक्नुहुन्छ । त्यसपछि हेभी झुम्कालाई खोलेर हलुंगो किसिमको झुम्का लगाउनु राम्रो हुन्छ ।

झुम्कामा सिक्रिको प्रयोग

हेभी झुम्का लगाउदा कानको लोती दुख्छ भने झुक्कालाई सहारा दिन सिक्रिको प्रयोग गर्न पनि सकिन्छ । झुम्कामा सिक्रि भयो भने झुम्काको भार कानको लोतीलाई मात्र पर्दैन । यसले कानको लोती दुखाईलाई कम गर्छ ।



...
rogeKneep

Antoine, USA 2022 04 12 17 23 37 do tamoxifen side effects get worse over time 1, 2, 4 As milrinone affects cAMP levels through PDE III and not through ОІ adrenergic receptors, it is effective in patients who have downregulated or otherwise desensitized ОІ adrenergic receptors and can be administered together with ОІ agonists antagonists

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने

आजको समयमा केटीहरूलाई ब्याकलेस कपडा लगाउन निकै मन पर्छ । तर, कयौँ पटक यस्तो देखिन्छ कि मानिसहरू आफ्नो शरीरको बाहिरी

गर्मीको मौसम आयो । चर्को घाम र चर्को गर्मीमा सबैले आफ्नो छालाको विशेष हेरचाह गर्नुपर्छ । अर्कोतर्फ, गर्मीमा तपाईँले लगाउने

मान्छेहरू चम्किलो र निर्दोष छाला पाउन विभिन्न सौन्दर्य उत्पादनहरूको प्रयोग गर्छन् । त्यै पनि अनुहारमा प्राकृतिक चमक हुँदैन। धुलो र