English

पाँच वर्षपछि रारा तालमा बिजुली



कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्‍याएको हो ।

२०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत् पुर्‍याउने जिम्मा पाएको थियो । सो प्रालिले समयमै काम गर्न नसकेकाले रारा क्षेत्रमा विद्युत् बाल्न सकिएको थिएन ।

अहिले प्राधिकरणले आफै लागेर ५ वर्षपछि विद्युत् उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख माधवप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार १० वर्षदेखि थन्किएको मेसिनलाई पुनः मर्मत गरी सोही मेसिनबाट रारा क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उपाध्यायको भनाई छ ।

रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौं ।

रारा क्षेत्रमा विगतका दिनमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको थियो ।

गमगाढ वितरण केन्द्रको जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् ।

रारा ताल परिसरमा २५ केभी क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताए ।

‘रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौं’, यादवले भने ।

यो पनि…
रारा र शे–फोक्सुण्डो ‘कर्णालीको हिरा’
राराको सुन्दरता हेर्न पर्यटकको लर्काे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested