English

पाँच वर्षपछि रारा तालमा बिजुली



कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्‍याएको हो ।

२०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत् पुर्‍याउने जिम्मा पाएको थियो । सो प्रालिले समयमै काम गर्न नसकेकाले रारा क्षेत्रमा विद्युत् बाल्न सकिएको थिएन ।

अहिले प्राधिकरणले आफै लागेर ५ वर्षपछि विद्युत् उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख माधवप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार १० वर्षदेखि थन्किएको मेसिनलाई पुनः मर्मत गरी सोही मेसिनबाट रारा क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उपाध्यायको भनाई छ ।

रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौं ।

रारा क्षेत्रमा विगतका दिनमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको थियो ।

गमगाढ वितरण केन्द्रको जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् ।

रारा ताल परिसरमा २५ केभी क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताए ।

‘रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौं’, यादवले भने ।

यो पनि…
रारा र शे–फोक्सुण्डो ‘कर्णालीको हिरा’
राराको सुन्दरता हेर्न पर्यटकको लर्काे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,