English

यु-२० साफ फुटबल : यी हुन् दोस्रो चरणका लागि छनोट भएका ३० खेलाडी



यु-२० साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको छ । 

मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार युवा टिमका ११ खेलाडीलाई बाहिर राख्दै ३० सदस्यीय टिमको नाम सर्वाजनिक गरेका हुन् । भारतमा हुने साफमा अन्तिम २३ खेलाडी रहनेछन् ।  

यसअघि ४१ जना खेलाडी बन्द प्रशिक्षणमा थिए । अब, टिममा तीन गोलकिपर, ११ डिफेन्डर, १२ मिडफिल्डर र चार फरवार्डसहित ३० खेलाडी रहनेछन् । 

प्रतियोगिता भारतको ओडिसामा हुनेछ । प्रतियोगितामा २५ जुलाईमा माल्दिभ्स, २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा भारतसँग खेल्नेछ । अन्तिम खेलमा भने २ अगष्टमा बंगलादेशको सामना गर्नेछ । शीर्ष दुई टिमले भने उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै यही टिमले यु–२० एएफसी कप खेल्नेछ । पहिलो खेलमा भुटानविरुद्ध १० सेप्टेम्बर, दोस्रो खेल कतारविरुद्ध १२ सेप्टेम्बर, तेस्रो खेल १४ सेप्टेम्बरमा बहराइन र चौथो खेल बंगलादेशविरुद्ध १८ सेप्टेम्बरमा हुनेछ । 

नेपाली टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियाथर शेख

डिफेन्डरः सौरभ कार्की, अकिव हाक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धामी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अभिषेक वाइवा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, प्रितम स्याङ्तान, सुगम सुवाल, मनज्ञ नकर्मी, आयुष घलान

फरवार्डः दीपेश राई, निराञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको

काठमाडौँ : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्‌कटापन्न वन्यजन्तु रेड

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested