English

डब्लुएचओका अनुसार यी खानाले कोरोनाको जोखिम कम हुन्छ



कोरोना भाइरसको दोस्रो लहरले धेरैलाई झस्काएको छ । यस्तोमा पटक पटक हात धुने, माक्स लगाउने तथा सामाजिक दुरी कायम गर्नुको साथसाथै खानपानमा पनि ध्यान दिन उत्तिकै जरुरी छ । राम्रो आहारले नै प्रतिरोधात्मक शक्ति बढाउँछ । डब्लुएचओका अनुसार कोरोनाबाट बच्न यस्तो खाना खानुपर्छ ।

सन्तुलित आहार खानुपर्छ

आफ्नो आहारमा धेरै प्रकारको ताजा फलफुल खाना खानुपर्छ, जसबाट तपाईंले जरुरी भिटामिन, मिनरल्स, फाइबर, प्रोटिन तथा अक्सिडेन्ट पाउनुहुन्छ ।

तरकारी धेरै पकाएर खानु हुँदैन

हरेक दिन कम्तिमा पनि २ कचौरा फलफुल, २ कचौरा तरकारी, १८० ग्राम अन्न तथा १६० ग्राम मासु खानुहोस् । हप्तामा १÷२ पटक रातो मासु खानुहोस्, २÷३ पटक कुखुराको मासु खान सक्नुहुन्छ । रातको समयमा भोक लागेमा सलाद तथा ताजा फलफुल खानुहोस् । तरकारीलाई धेरै पकाएर खानु हुँदैन, यसो गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।

नुनको प्रयोग कम गरौं

धेरै नुनिलो खानेकुरा खानु हुदैन । डब्ल्लुएचओका अनुसार दिनमा ५ ग्रामभन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन । लकडाउनको कारणले धेरैले फ्रोेजन खानेकुरा किनेर ल्याएका हुन्छन्, जसमा नुनको मात्रा बढी हुन्छ । सामान किन्दा ती कुराहरु हेरेर मात्र किन्नुपर्छ ।

चिनी कम खानुहोस्

डब्लुएचओका अनुसार दिनमा ५ चिया चम्चाभन्दा बढी चिनी प्रयोग गर्नु हुँदैन । यदि तपाईंलाई गुलियो खाना मनपर्छ भने गुलिया फलहरू खान सक्नु हुन्छ ।

धेरै चिल्लो खानु हुँदैन

एक दिनमा कुल भोजनको ३० प्रतिशतभन्दा बढी चिल्लो पदार्थको सेवन गर्न हुँदैन । धेरै चिल्लो खानाले स्वस्थ्यमा असर पु¥याउँछ ।

बढी फाइबरको प्रयोग

शरीरको पाचन प्रक्रियाको लागि फाइबर एकदमै महत्वपूर्ण हुन्छ । यदि तपाईं पर्याप्त मात्रामा फाइबर जस्तै फलफुल, दाल, तरकारी र फाइबरयुक्त खाना खानु हुन्छ भने त्यसले तपाईंलाई शक्ति दिन्छ र बारम्बार भोक लाग्दैन ।

बढी पानी पिउनुहोस्

कुनै पनि रोगबाट बच्न सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शरीरमा पर्याप्त मात्रामा पानीको मात्रा पुग्नु हो । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । धेरै चिसो पानी पिउनु हँुदैन । पानीमा कागती तथा पुदिना मिसाएर पनि पिउन सकिन्छ ।

फ्रोजन फलफुल

सबै प्रकारका फ्रोजन ताजा फलफुल जस्तै जामुन, भुईंकटहर, आँप खान सकिन्छ । यी फलमा फाइबर तथा भिटामिनको मात्रा धेरै हुन्छ ।

दाल तथा गेडागुडी

दाल, चना तथा अन्य गेडागुडीहरु फाइबर, भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यसलाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ । तपाईं गेडागुडीको सुप बनाएर पनि सेवन गर्न सक्नु हुन्छ ।

मैदाको कम प्रयोग

अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । त्यसैले गहुँ, मकै, होल ग्रेन पास्ता, ओट्स जस्ता अन्न दैनिक रूपमा खानुपर्छ । तर, मैदाबाट बनेको खानेकुरा धेरै खानु हुँदैन ।

अण्डा

अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यसलाई फ्राई गरेर भने खानु हुँदैन । यसलाई उसिनेर खाँदा धेरै फाइदा हुन्छ ।

खाना बनाउँदा यी ५ टिप्स अपनाउनुहोस्ः

– आफ्नो हात, पकाउने भाँडा र भान्छालाई राम्रोसँग सफा गर्नुहोस् ।
– काँचो माछा, मासुलाई पकाएको खाना तथा अन्य सामानको नजिक नराख्नुहोस् ।
– खानेकुरा राम्रोसँग पकाउनुहोस्, काँचो खाना स्वास्थको लागि हानीकारक हुन सक्छ ।
– खानालाई सुरक्षित तरिकाले ५ डिग्रीभन्दा कम र ६० डिग्रीभन्दा धेरै तापक्रममा राख्नुहोस् ।
– खाना बनाउँदा सफा पानीको प्रयोग गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले

Latest










Popular
Suggested