English

श्रीरामको दरवार र उनको परिवारसम्बन्धि ८ रोचक तथ्य !



विवस्वान (सूर्य) पुत्र वैवस्वत मनु र वैवस्वत मनुका पुत्र इक्ष्वाकुको कुलमा भागीरथ, हरिश्चन्द्र, सगर, पृथु, रघु आदि महान व्यक्ति राजा बने । त्यसपछि राजा बनेका थिए दशरथ । दशरथका तीन श्रीमती थिए, कौशल्या, सुमित्रा र कैकेयी ।

१. कौशल्यकी पुत्री शान्ता र पुत्र राम थिए । सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न र कैकेयीका पुत्र भरत थिए ।

२. राम र लक्ष्मणसहित चार भाईहरुका दुई गुरु थिए, वशिष्ठ र विश्वामित्र ।

३. रामले जनकपुत्री सीतासँग विवाह गरेका थिए । सीता र रामका जुम्ल्याहा पुत्र थिए लव र कुश ।

४. लक्ष्मणले जनकका भाई कुशध्वजकी पुत्री उर्मिलासँग विवाह गरेका थिए । लक्ष्मणका अंगद र चन्द्रकेतु नामका दुई पुत्र तथा सोमदा नामकी एक पुत्री थिइन् । लक्ष्मणकी अन्य दुई पत्नी पनि थिए । जसको नाम हो, जितपद्या र वनमाला ।

५. भरतले पनि कुशध्वजकी छोरी माण्डवीसँग विवाह गरेका थिए । उनका तक्ष र पुष्कल नामका दुई पुत्र थिए ।

६. शत्रुघनकी पत्नीको नाम श्रुतकीर्ति थियो, जो जनकका भाई कुशध्वजकै पुत्री थिइन् । मथुरामा शत्रुघ्नका पुत्र सुबाहु र दोश्रो पुत्र शत्रुघातीको शासन भेलेसा (विदिशा) मा थियो ।

७. श्रीरामका दुई दिदीबहिनी थिए, एक शान्त र अर्की कुकबी । कुकबीको बारेमा धेरै जानकारी छैन । तर शान्ताको बारेमा सबैलाई थाहा छ । भगवान रामकी दिदीको पालनपोषण राजा रोमपद र उनकी श्रीमती वर्षिणीले गरेका थिए, जो महारानी कौशल्याकी बहिनी थिइन् । शान्ताको विवाह महर्षि विभाकाण्डका पुत्र ऋंग ऋषिसँग भएको थियो । उनले नै दशरथ राजाको पुत्रेष्टि यज्ञ गरेका थिए, जसपछि नै राम, लक्ष्मण, भरत शत्रुघ्नको जन्म भयो ।

८. राम दरवारमा श्रीराम र सीता सिंहासनमा विराजित छन् र उनको एकतिर लक्ष्मण र अर्कोतिर भरत उभिएका छन् । तल हनुमान र शत्रुघ्न बसेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले