English

राहुल द्रविड भन्छन्– कोहलीबाट शतक चाहिँदैन



भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले करिब एक वर्षयता शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याट (टी–२०, एकदिवसीय र टेस्ट) मा आफ्नो व्याटबाट शतक प्राप्त गर्न सकेका छैनन् ।

जसकारण कोहली अहिले निकै विवादित र आलोचित पनि । कसैले कोहलीलाई साथ दिएका छन् भने कसैले आलोचना गरेका छन् । यस्तोमा टिम भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले भने कोहलीको समर्थन जनाएका छन् ।

द्रविडले समर्थनलाई जवाफ दिँदै कोहलीबाट शतक आवश्यक नभएको बताएका छन् । उनले शतकभन्दा पनि टोलीको जित पहिला प्राथमिकता भएको जनाएका छन् । राहुलले भनेका छन्, ‘कोहली ३० वर्षमै गलत लयमा छन् भन्ने कुरामा म सहमत छैन । मैले अहिलेसम्म जति देखे‌ सबैभन्दा मेहनती व्यक्ति नै कोहली हो । अभ्यासमा उनले जसरी खेलिरहेका छन् । त्यसमा उनी सही लयमा छन् ।’

मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन् ।

‘मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन्,’ द्रविडले कोहलीको पक्षमा बोल्दै भनेका छन् ।

कोहलीले सन् २०१९ यता तीनै फर्म्याटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले पछिल्लो समय कोलकात्तामा बंगलादेशविरुद्ध भएको दिवा रात्री टेस्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । हाल भने भारतले इंग्ल्यान्डसँग तीनै फर्म्याटमा शृंखला खेल्दैछ । जसका लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested