English

क्रिकेटर विराट कोहलीको आम्दानी कति ?



भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएपछि उनको ख्यातिमा कस्तो असर पर्ला भनी सर्वत्र चासो राखिएको थियो । टिम इन्डियाका यी सर्वाधिक सफल कप्तानको ख्यातिमा राजीनामापछि पनि कुनै असर नपरेको विश्लेषकहरू बताउँछन् ।

क्रिकेट खेलबाट नाम कमाएका यी ब्याट्सम्यानलाई विज्ञापनको दुनियाँले अहिले पनि उसैगरी पछ्याइरहेको छ । ठूल्ठूला र राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरूको पहिलो रोजाइको मोडल (ब्रान्ड) यिनै कोहली छन् ।

कोहली टिम इन्डियाको कप्तान नरहँदा पनि ब्रान्डमा कुनै असर परेको छैन । अहिले पनि उनी जोडिएको ब्रान्ड संख्यामा असर त परेको छैन नै, साथै उनले लिने पारिश्रमिकमा पनि कुनै प्रभाव परेको छैन ।

पुमा इन्डिया तथा दक्षिण पूर्वएसियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुली भन्छन्, ‘विराटसँथ लामो अवधिको सम्झौता छ र यो हाम्रो कम्पनीको सौभाग्य हो ।

कोहलीको हातमा अहिले पनि ३० भन्दा बढी ब्रान्ड छन् । उनले २०२१ सम्म उनले विज्ञापन खेलेर वार्षिक १७८.७७ करोड भारु आम्दानी गरेका थिए । २०२२ मा पनि सो क्रम जारी रहने देखिएको छ ।

पुमा इन्डिया तथा दक्षिण पूर्वएसियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुली भन्छन्, ‘विराटसँथ लामो अवधिको सम्झौता छ र यो हाम्रो कम्पनीको सौभाग्य हो । निश्चित रूपमा विराटले क्रिकेटको कप्तानीबाट राजीनामा दिए र उनी एक शानदार एथलेट हुन् । उनको प्रदर्शन असाधारण छ ।’

कोहलीसँग जर्मनीको एक कम्पनीले २०१७ मा आठ वर्षका लागि १ अर्ब १० करोडमा सम्झौता गरेको थियो, जुन अद्यापि जारी छ । कोहली पुमा स्पोर्ट्सवियर, हिरो टु ह्विलर्स, एमआरएफ टायर, अडी कार, फेसन प्लेटफर्म मिन्त्रा, अमेरिकन टुरिस्टर लगेज, भिभो स्मार्टफोन, हाइपरिस वेलनेस, क्लोदिङ तथा एक्सेसरिज ब्रान्ड रोनलगायत थुप्रै ब्रान्डसँग आवद्ध छन् ।

कोहली २०२१ मा हापर इन्स्टाग्राम रिचमा सर्वोच्च र्‍यांकिङ लिस्टमा पर्ने भारतीय नागरिक बनेका थिए । हापरका अनुसार, विराट कोहलीले इन्स्टाग्राममा प्रत्येक प्रोमोसनल पोस्टका लागि करिब पाँच करोड भारु पाउँछन् ।

विश्लेषकहरूका अनुसार, जसरी एमएस धोनीले कप्तानी छाडेपछि पनि उनको ब्रान्ड भ्याल्युमा कुनै कमी आएन, त्यसरी नै कोहलीको ब्रान्ड भ्याल्यु वृद्धि भइरहेको छ । कोहली सोसल मिडियामा उत्तिकै सक्रिय छन्, उनका फलोअर्स बढ्ने क्रम जारी छ ।

कोहली २०२१ मा हापर इन्स्टाग्राम रिचमा सर्वोच्च र्‍यांकिङ लिस्टमा पर्ने भारतीय नागरिक बनेका थिए । हापरका अनुसार, विराट कोहलीले इन्स्टाग्राममा प्रत्येक प्रोमोसनल पोस्टका लागि करिब पाँच करोड भारु पाउँछन् ।

यो पनि
नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने
एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested