English

नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने



नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ। शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ। ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो।

शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ। १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन्। ग्लोबल छनोटका खेलहरू १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested