English

एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनमा



सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।

पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा आज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्न सफल भयो। आहा ! रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो। खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपिएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो।

एपिएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापा मगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपिएफलाई पेनाल्टीको अवसर दिएकोमा लामिछानेले गोल गर्दै एपिएफलाई खेलमा फर्काए।

खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाए। थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनःअर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गरे। खेलमा दुई गोल गरेका थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु आठ हजार नगद पुरस्कार पाए।

खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले रक्षापङ्क्तिको गल्तीका कारण पहिलो गोल खान पुगेपनि पछि सुधारिएको खेल प्रदर्शन गरेर जित हासिल भएको बताए। आगामी खेलमा टोलीको प्रदर्शनमा थप सुधार गरिने उनले उल्लेख गरे।

बिवाइएससीका प्रशिक्षक प्रलयराज भण्डारीले विपक्षीले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए। उनले प्राप्त अवसरमा खेलाडी गोल गर्न असमर्थ हुँदा पराजित हुनपुगेको टिप्पणी गरे। प्रतियोगितामा आइतबार छपटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस फुटबल क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

मनाङले सीधै क्वारटफाइनलमा स्थान बनाएकामा पुलिसले शुक्रबार सडन डेथमा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो। आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested