English

क्रिकेट : दक्षिण अफ्रीकालाई सिरिज



घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ। पर्लमा शुक्रबार दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज २-० ले आफ्नो बनाएको हो।

यस जितसँगै दक्षिण अफ्रीकाले सिरिजमा २-० को अग्रता समेत बनाएको छ। तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार केप टाउनमा हुनेछ।भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले। क्विन्टन डी ककले ७८ रनको इनिङ्स खेल्दा कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए। एडिन मार्क्रम ३७ रनमा अविजित रहदा रस्सी भान डेर डुसेन पनि ३७ रनमा अविजित रहे।

भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो। भारतका ऋषव पन्तले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै शार्दुल ठाकुरले अविजित ४० रन जोड्दा शिखर धवनले २९ रन बनाए। रविचन्द्र आश्विन २५ रनमाअविजित रहदा विराट कोहली सुन्य रनमा आउट भए। भेन्काटेस आयर २२ रनमा आउट भए। दक्षिण अफ्रीकाका ताब्रेज शास्मीले २ विकेट लिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का