English

एनएबी बालकुमारीमा अपाचेको आरटीआर १६० फोरभी मोटरसाइकल, यस्ता छन् विशेषता



बालकुमारीस्थित नारायणी अटो विजनेश (एनएबी) इन्जिनियरिङले भिआई मोडलको नयाँ टिभिएस अपाचे (आरटीआर १६० सीसी) को फोरभी एबीएस एफ आई मोटरसाइकल लञ्च गरेको छ ।

टिभीएस मोटरले उत्पादन गरेको उक्त मोटरसाइकल पछिल्लो समय युवापुस्तादेखि हरेक उमेरसमूहको रोजाइमा परेको छ ।
यो सिरिजमा १६० सी.सी इन्जिन, एफ आइ सिस्टम, रेन, अर्वन इव स्र्पोटसलगायतका राइड मोडहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मोबाइलबाट केनेक्ट गर्न सकिने स्मार्ट कनेक्सन फिचरसमेत रहेको यस मोटरसाइकल रोतो, कालो, निलो रङहरुमा उपलब्ध छ । जसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ पर्ने जनाइएको छ ।

मोटरसाइकल खरिदका लागि जगदम्बा हायर पर्चेजबाट फाइनान्सको समेत सुविधा रहेको एनएबीकी अध्यक्ष निलम बरालले बताउँछिन् । साथै, यो मोटरसाइकललाई आम ग्राहक वर्गले मन पराउनेमा उनको विश्वास छ ।

‘पक्कै पनि ग्राहकहरुलाई यो भर्सन मन पराउनुहुनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भनिन्, ‘ग्राहकको पूर्ण सन्तुष्टिका लागि सेवा गर्ने हाम्रो प्रमुख उद्धेश्य हो ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested