एक वर्षदेखि बन्द चिज उद्योग अझै खुलेनन्



विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए । लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।

चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न थालेको स्थानीयवासीले बताएका छन् ।

खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् । नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए ।

व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् ।

घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पु¥याएका थिए । जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।

गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिट ६० देखि ९० सम्ममा कृषकबाट दूध खरिद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रु एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरिद गरेका थिए ।

अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने÷नहुने कुराको टुङ्गो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

शुक्रबार साँझ काठमाडौं दरबारमार्गस्थित दरबार सिनेप्लेक्समा चलचित्र ‘ह्यारी की प्यारी’ को विशेष प्रर्दशनका बखत खिचिएका तस्बिरहरु । कार्यक्रममा मनिषा कोइराला,

राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत

काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड

भाषा, पर्व र संस्कृति समुदायको पहिचानसँग गाँसिएकाले राज्यबाटै यसको जर्गेना हुनुपर्ने बताउँदै बूढानिलकण्ठ नगरपालिका ले यसवर्षको सोनाम ल्होसार भव्यतापूर्वक मनाउने