English

एक वर्षदेखि बन्द चिज उद्योग अझै खुलेनन्



विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए । लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।

चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न थालेको स्थानीयवासीले बताएका छन् ।

खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् । नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए ।

व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् ।

घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पु¥याएका थिए । जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।

गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिट ६० देखि ९० सम्ममा कृषकबाट दूध खरिद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रु एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरिद गरेका थिए ।

अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने÷नहुने कुराको टुङ्गो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested