बब मार्लीका प्रेरणादायी भनाइहरू



६ फेब्रुअरी १९४५ मा जन्मेका बब मार्ली एक जमैकन गायक, गीतकार तथा संगीतकार हुन् । उनको असली नाम नेस्टा रोबर्ट मार्ली हो । आध्यात्मिक भावनायुक्त संगीतकार मार्लीले जमैकन संगीतलाई विश्वकै सांगीतिक क्षेत्रमा चिनाएका थिए । उनको मृत्यु ११ मे १९८१ मा भएको थियो ।

उनका मन छुने भनाइहरू यस प्रकार छन् ।

१. भगवानले मलाई केही गर्न पठाएका हुन् । त्यसैले मलाई भगवानबाहेक कसैले रोक्न सक्दैन ।

२. पैसाले जीवन किन्न सकिदैन ।

३. आँखा खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

४. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

५. संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ, तब केही पीडा हुँदैन ।

६. के तिमीलाई थाहा छ, पहिलो ढोका बन्द हुँदा दोस्रो खुलेको हुन्छ ।

७. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी भिज्छन् मात्रै ।

८. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

९. आफ्नो लागि बाँच्नु हुन्छ भने त्यो व्यर्थ हुनेछ । तर, अरुका लागि बाँच्नु हुन्छ भने त्यो साँचो हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा