English

बलिउडको चर्चित सिनेमा ‘स्त्रीको प्रिक्वेल तयारी



बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री’लाई दर्शकले निकै मन पराएका थिए । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्म सो वर्षको हिट फिल्ममध्ये एक थियो ।

अब भने निर्माताले यो फिल्मको प्रिक्वेल बनाउने भएका छन् । ‘स्त्री’को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका छन् ।

निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी कपूरका साथ फिल्म ‘रुही’ बनाएका थिए । यसपछि उनले वरुण धवन र कृति सेननका साथ फिल्म ‘भेडिया’ घोषणा गरेका थिए । यही मेसोमा दिनेशले ‘स्त्री’को प्रिक्वेलको योजना बनाएका हुन् ।

फिल्ममा अभिनयका लागि अभिनेत्री श्रद्धाले सहमति जनाइसकेकी छन् । फिल्म यसै वर्षको अगष्टसम्म फ्लोरमा जानेछ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested