English

रविको राजनीतिक रङ



पत्रकार रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत राजनीतिको राजमार्गमा आफुलाई हिँडाउने अभियान थालेका छन् ।

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने घोषणा गरे ।

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

आज आयोजित नयाँ पार्टी घोषणा कार्यक्रममा उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु, आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।

लामिछानेले बताए अनुसार उनको पार्टीको सात विशेषता यस्तो हुनेछ :

–प्राइमेरी निर्वाचन हुने
–युवालाई ५० प्रतिशत एकको व्यवस्था
–प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
–राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
–डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
–परिवारवादलाई पूर्ण रूपमा निषेध
–भ्रातृसंगठन र कार्यकर्तारहित

लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् ।

आजको कार्यक्रममा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए ।

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे ।

यो पनि…
‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’

‘हरेक मतको मूल्य तिर्नेगरी मेलम्चीको विकास गर्नेछु’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested