English

आइतवार १ हजार बढीमा कोरोना संक्रमण, यस्तो छ ४ दिनको तथ्याङ्क



नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुकोे कुल संख्या ३ हजार ८३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा २६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ३०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालको क्वारेन्टाइनमा अहिले ८५ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको परीक्षण भएको छ ।

No photo description available.

गत विहीवारदेखि आजसम्मको तथ्याङ्क हेर्दा नेपालमा १९ हजार ५४२ जनाको परीक्षण भएको छ, जसमा ३ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ । ८५३ जना संक्रमण मुक्त भएका छन् भने, देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा ५७६ जना र होम आइसोलेशनमा ५ हजार ७१४ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८४ जनाको पीसीआर परीक्षण भएको छ भने ६२९ जनाको एन्टीजेन परीक्षण भएको छ ।

No photo description available.

त्यस्तै नेपालमा गत २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (आईतवार) भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ जना गरी काठमाडौं उपत्यकामा जम्मा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

No photo description available.

देशभर अहिले ११६ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

No photo description available.
No photo description available.
No photo description available.



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested