English

आइतवार १ हजार बढीमा कोरोना संक्रमण, यस्तो छ ४ दिनको तथ्याङ्क



नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुकोे कुल संख्या ३ हजार ८३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा २६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ३०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालको क्वारेन्टाइनमा अहिले ८५ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको परीक्षण भएको छ ।

No photo description available.

गत विहीवारदेखि आजसम्मको तथ्याङ्क हेर्दा नेपालमा १९ हजार ५४२ जनाको परीक्षण भएको छ, जसमा ३ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ । ८५३ जना संक्रमण मुक्त भएका छन् भने, देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा ५७६ जना र होम आइसोलेशनमा ५ हजार ७१४ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८४ जनाको पीसीआर परीक्षण भएको छ भने ६२९ जनाको एन्टीजेन परीक्षण भएको छ ।

No photo description available.

त्यस्तै नेपालमा गत २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (आईतवार) भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ जना गरी काठमाडौं उपत्यकामा जम्मा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

No photo description available.

देशभर अहिले ११६ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

No photo description available.
No photo description available.
No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested