मधेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै
मधेश प्रदेशबाट पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । प्रदेशका ८ जिल्लामध्ये पहिलो चरणमा ५ जिल्लामा खोप अभियान चलाउन लागिएको छ ।
यो उमेरसमूहका बालबालिकालाई पहिलो चरणको खोप अभियान आगामी ९ देखि १५ असारसम्म चल्दैछ । स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार जनकपुरमा आयोजना गरेको कोभिडबिरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रण सम्वन्धी कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बालबालिकाहरुलाई दिन लागिएको पेडियाट्रिक डोज खोपको तयारी बारेमा जानकारी दिए ।

उनले प्रदेशका ८ जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या ८ लाख २४ हजार ७१६ जना रहेको भएपनि पहिलो चरणमा ५ जिल्लामा मात्रै खोप चल्ने भएकोले संख्या कम भएको स्पष्ट पारे ।
‘हामीले आगामी ९ असारदेखि पहिलो चरणमा प्रदेशका ५ जिल्लामा ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई फाइजर बायोन्टेकको पेडियाट्रिक डोज दिदैँ छौ । त्यसका लागि जनशक्तिलाई तालिम दिने देखि खोप केन्द्र तय गर्ने कार्य पुरा गरिसकेका छौँ,’ उनले भने ।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी बनेको खोपको चर्चा गरेका थिए । उनले कोभिडविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको भन्दै यसमा आम अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको समयमा खोप केन्द्रमा पुरयाएर लगाउने कार्यमा सहभागी हुन आग्रह गरे । सो अवसरमा उनले प्रतिष्ठानले कोभिड महामारीका बेलामा दिएको सेवाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. लवकुमार साहले कोभिड खोप र बालबालिकाको स्वास्थ्यको बारेमा जानकारी गराएका थिए । उनले खोप लगाईसकेपछि कसै कसैलाई सामान्य असर पनि देखिन सक्ने भन्दै त्यसमा आत्तिईहाल्न नहुने बताए । उनले खोप पूर्ण सुरक्षित रहेको भन्दै कसै कसैलाई देखिने सामान्य समस्यामा नआत्तिन समेत आम सर्वसाधारणलाई अपिल गरे ।
कार्यक्रममा धनुषाका खोप फोकल पर्सन राजदेव यादवले खोपलाई व्यवस्थित ढंगले अघि बढाउन आफूहरुले पहिले देखि नै योजना बनाई अघि बढेको बताए । उनले खोप लगाएपछि देखिने असर र त्यसमा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सावधानीका विषयमा तालिम तथा आम सर्वसाधारणले बुझनुपर्ने कुरामा जानकारी दिइएको दावी गरे ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारी त्यसविरुद्धको खोप र स्वास्थ्य पत्रकारिताको बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले स्वास्थ्यका समाचार सम्वेदनशील हुने भन्दै त्यसमा सञ्चारकर्मीले अपनाउनुपर्ने सावधानीका बारेमा बताएका थिए ।
यस्तै, युनिसेफका प्रतिनिधि सुन्दर लामाले पेडियाट्रिक डोजका बारेमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, स्वास्थ्य पत्रकार मञ्च नेपालका मधेश प्रदेश संयोजक हदिश खुदार लगायतले खोप र पत्रकारिताको महत्वको बारेमा धारणा राखेका थिए ।
मधेश प्रदेशमा आगामी ९ असार देखि सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइदैछ ।
Garrett
Magnificent items from you, man. I've be aware your stuff prior to and you are just extremely excellent. I really like what you have obtained here, certainly like what you are stating and the way in which wherein you say it. You are making it entertaining and you continue to care for to keep it smart. I can't wait to read much more from you. This is really a great web site. Here is my website; buy cialis