English

योगमय बन्दै म्याग्दी, उपमेयरदेखि व्यापारीसम्म योगमा



कोरोना महामारी सुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत बर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास सुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरूको आकर्षण बढ्दै गएको हो ।

सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको संख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको संख्या पाँच हजारभन्दा बढी रहेको उनले जनाए ।

बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको संख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए ।

अहिले म्याग्दीमा विभिन्न १० स्थानमा नवीन आनन्द योग केन्द्रले योग केन्द्र सञ्चालन गरेर योग सिकाइरहेको छ । बेनी बजार, दरबाङ, सिङ्गा तातोपानी, बेग, तिप्ल्याङ, घोडेपानी, गलेश्वर, खबरामा नियमित २५ देखि एक सय जनाले दैनिक रूपमा योग सिकिरहेका छन् । त्यसैगरी मालिका गाउँपालिका–७ बिम र बेनी नगरपालिका–७ मङ्गलाघाटमा पनि अस्थायी रूपमा योग केन्द्र सञ्चालन भएको केन्द्रका अध्यक्ष जुग्जालीले बताए ।

योगमार्फत शरीरमा स्फूर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरूको भनाइ छ । नियमित योग गर्दै आएकी बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताइन् ।

नियमित योग गर्दै आएकी बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताइन् ।

त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचारविचार, सोच र सकारात्मक दृष्टिकोणका लागि पनि अत्यन्तै उपयोगी भएकाले आफू नियमित रूपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठ बताउँछन् । आधारभूत ज्ञान तीन महिना, विशिष्टीकृत ज्ञान छ महिना र प्रशिक्षक तालिम दुई वर्षको हुने, यसका लागि मासिक एक हजार रुपैयाँ शुल्क लिने गरिएको योग प्रशिक्षक एवं केन्द्रका अध्यक्ष जुग्जालीले जनाए । ध्यानसहितको योगले तनावपूर्ण परिस्थिति र खराब स्वास्थ्यसँग जुधिरहेका सबै उमेर समूहका महिला तथा पुरुषको जीवनशैलीमा परिवर्तन ल्याएको योग गुरुहरूको भनाइ छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested