English

अझै रोकिएन नेप्सेको ओरालो यात्रा, परिसूचक १९९६.२६ बिन्दुमा



नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रा कायमै रहेको छ । मंगलबार कारोबार सुरुवाती कारोबारबाटै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्म ३६ दशमलव ०७ अंकको गिरावटसहित १९९६ दशमलव २६ बिन्दुमा आएर रोकिएको हो ।

यसैक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको बजारमा आज कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा धेरै निर्जिवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

जसमा निर्जीवन बीमा समूहमा २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १ सय ८६ अंकको गिरावट आएको छ । त्यस्तै, लघुवित्त समूहमा ७७ अंकको गिरावट आएको छ भने विकास बैंक समूहमा ७६ अंकको गिरावट आएको छ । त्यसैगरी, उत्पादनमूलक समूहमा ६७ अंक र जलविद्युत समूहमा ६६ अंकले पहिरो गएको छ ।

त्यस्तै, व्यापार समूहमा ५२ अंकले गिरावट आउँदा अन्य समूहमा ५१ अंकले घटेको छ । होटल र टुरिज्म समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको पहिरो गएको छ । आज घटेको मध्ये सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ ।

परिसूचकमा भारी गिरावट हुँदा केही कम्पनीको भने मूल्य बढेको छ । जसमध्ये आँधिखोला लघुवित्त वित्तिय संस्थाको ८ दशमलव १८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएमबीको ४ दशमलव १० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३ दशमलव ७२ प्रतिशतले बढेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested