English

यसरी गर्नुहोस् सुरक्षित यौन सम्पर्क



यौन सम्पर्कको समयमा यी कुरामा ध्यान दिनुभयो भने सुरक्षित यौन सम्पर्कको लागि सहयोग पुग्ने छ ।

– यौन सम्पर्कको बेलामा पानी वा सिलिकन लुर्बिकेन्ट्सको प्रयोग गर्नुहोस् । भ्यासलिन वा तेलको प्रयोग गर्नु हुँदैन ।
– गर्भ निरोधक औषधी, हर्मोनल इन्जेक्सन, कपरटी आदिको उपयोग गरेर गर्भ रहँदैन तर यसले यौन रोगबाट बचाउँदैन ।
– यदि असुरक्षित यौन सम्पर्क भएको छ भने तुरुन्त गर्भ निरोधक औषधीको प्रयोग गर्नुहोस् । औषधी सेवन गर्न जति ढिला भयो गर्भ रहने सम्भावना त्यत्ति नै धेरै हुन्छ ।
– बारम्बार आकस्मिक गर्भ निरोधक औषधीको प्रयोग गर्नु हुँदैन । गर्भ निरोधक औषधीको विषयमा आवश्यक जानकारी लिएर मात्र प्रयोग गर्नु पर्छ ।
यौन सम्पर्क पहिले प्राइभेट पार्टहरूलाई राम्ररी सफा गर्नुपर्छ ।
– कुनै पनि यौन रोगको लक्षण देखिएको छ भने यौनसम्पर्क गर्नु हुँदैन ।
– एउटा पार्टनरसँग मात्र यौनसम्बन्ध राख्नुपर्छ । धेरै जनासँग यौनसम्बन्ध राख्दा विभिन्न रोग लाग्न सक्छ ।
– महिनावारी भएको बेला यौनसम्पर्क गर्दा पनि गर्भ निरोधकको उपायहरू अपनाउनु पर्छ । महिनावारीको बेला यौनसम्पर्क गर्दा गर्भ रहँदैन भनेर सोच्नु गलत हो ।
– गर्भ निरोधक औषधीको सेवन गर्दा नियमित रूपमा गर्नु पर्छ । अनियमित रूपमा यसको प्रयोग गर्दा यो प्रभावकारी हुँदैन ।
– यौन स्वास्थ्यको बारेमा एकदमै सचेत हुनुपर्छ । केही समस्या छ भने यौन साथीलाई खुलेर बताउनु पर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले