English

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री



उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन–हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ । प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो ।

यसअघि उपविदेशमन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो । उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन् । पूर्वसैन्य अधिकारी ग्वन एक कट्टर नेता हुन् । उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए ।

चो धाराप्रवाह अंग्रेजी बोल्छिन् । केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन् । उत्तर कोरियाली नेता किमले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन् ।

सन् २०२९ को फेब्रुवरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको असफल वार्तापछि एउटा दुलर्भ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । वार्ता बिफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन् ।

यो पनि
भारत–चीन विवादबारे संसदमा आलोचना
ट्रम्प र किम अझै सम्पर्कमा रहन्छन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested