English

सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई




नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन् । नेपालकी मनीषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भयो ।

गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन् । नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे ।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् ।

आमन्त्रण गरिएका खेलाडीहरु नआउने भएपछि भृकुटिमण्डलाई तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested