English

चन्द्र प्रकाशलाई राष्ट्रिय नागरिक सेवा सम्मान



लामो समयदेखि निष्ठा र समर्पणका साथ सामाजिक तथा पर्यटनतर्फ सक्रिय रहदैं आएका वरीष्ठ पर्यटन ब्यावसायी चन्द्र प्रकाश श्रेष्ठलाई १५ औं गणतन्त्र दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय नागरिक सेवा सम्मान प्रदान गरिएको छ ।

पर्यटन ब्यावसायी समेत रहेका ६५ बर्षिय श्रेष्ठ भैरहवास्थित नान्स होटलका प्रवन्ध निर्देशक समेत हुन् । सिद्घार्थ होटल संघका अध्यक्ष समेत रहेका श्रेष्ठ नेवा: देय् दबु रुपन्देही जिल्लाका बरिष्ठ उपाध्यक्ष पनि हुन । उनी पूर्व बैंकर पनि हुन । उनी नेपाल राष्ट्र बैंकमा कार्यरत थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न संघसंस्थाहरुको भूमिका’ बिषयमा केन्द्रित रहेर प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । अपाङ्ग, अनाथ र असहाय बालबालिकाहरुका लागि सहयोगार्थ सांस्कृर्तिक समारोहसमेत आयोजना गरिएको जेठ २२ मा भएको उक्त कार्यक्रममा श्रेष्ठलगायत समाजका विविध क्षेत्रमा सक्रिय रहेका तथा योगदान पुरयाएका ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उक्त सम्मान प्रदान गर्नुभएको हो । कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्की लगायतको उपस्थिती रहेको थियो ।

यो पनि…
पदयात्रा पर्यटनमा सकारात्मक संकेत
यसरी जाग्दैछ पर्यटन क्षेत्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested