English

नेदरल्याण्ड्सविरुद्ध नेपालको फराकिलो जित



नेपाल र नेदरल्याण्ड्सबीचको त्रीकोणीय टी २० सीरीज अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । १३७ रनको विजयी लक्ष्य पाएको नेपालले १ विकेट गुमाउँदै १५ ओभरमै लक्ष्य पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२, अर्का ओपनर आशिफ शेखले नट आउट ५३ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए ।

टस जितेर बलिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए भने शाहब आलमले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिएका थिए ।

नेपालका लागि डेब्यू खेलेका आशिफले ओपनिङमै अर्धशतक प्रहार गरेका छन् । नेपालले उत्कृष्ट शुरुवात गर्दै ८ ओभरको समाप्तिमा बिना कुनै क्षति ८२ रन बनाएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested