English

ओलीले चुट्कीमै भाँड्लान् गठबन्धन ?



स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ ।

यादव आफै सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ/नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने अहिल्यै एमाले–जसपा सहकार्य गर्नेबारे कुनै प्रगति नभएको बताउँछन् । ‘राजनीतिक दलका नेताहरूबीच छलफल हुनु नराम्रो होइन’, उनले भने, ‘तर, राजनीतिक एजेन्डा केन्द्रित छलफल भएको छैन । सहकार्य गर्नेबारे निष्कर्ष निस्किसकेको अवस्था पनि छैन ।’

यादव गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग असन्तुष्ट छन् । असन्तुष्ट रहेकै बेला अध्यक्ष ओलीले यादवसँग भेटवार्ता गर्नुलाई गठबन्धनका अन्य घटकहरूले शंकाको रूपमा हेरेका थिए । तर, यादव आफै सहभागी भएको गठबन्धनको सोमबारको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ/नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिएको छ ।

निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको रूपमा कतिपयले अथ्र्याएका छन् । देउवा निकट कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गठबन्धन दलहरू शंकाबीच आगामी प्रदेश र सङ्घीय निर्वाचनमा सँगै हुने बताए । यद्यपि, एमालेले गठबन्धन पहिलेदेखि फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्न नहुने उनको धारणा छ ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताएका छन् । उनका अनुसार गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्मै जान्छ ।

‘स्थानीय तह निर्वाचनमा छिटपुट ठाउँमा बाहेक राम्रो नतिजा आयो । अब गाउँ/नगर र जिसस निर्वाचनमा पनि तालमेल गर्ने क्रममा छौँ’, आङ्दम्बेले भने, ‘हामी अब प्रदेश र सङ्घीय निर्वाचनमा तालमेल गर्छौं ।’

उनले ओली र यादवको भेटलाई सामान्य रूपमा लिनुपर्ने बताए । ‘निर्वाचनले एमाले कमजोर भएको छ । यस्तो अवस्थामा सहकार्यका लागि आग्रह गर्ने त भइहाल्छ नि । कांग्रेस, एमालेकै हालतमा भए कांग्रेसले पनि अन्य दलसँग सहकार्यको प्रस्ताव राख्नसक्थ्यो । त्यही भएर ओलीजी र उपेन्द्रजीको भेट ठूलो कुरा होइन’, उनले भने, ‘यदि अलग भए त घाटा जसपालाई नै हुन्छ ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने एमाले–जसपा सहकार्य सम्भव नभएको बताएका छन् । उनका अनुसार गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्मै जान्छ । तर, यदि, जसपा अलग भए, सत्ता गठबन्धन भने नढल्ने बताए । ‘संविधान, लोकतन्त्र र गणतन्त्रजस्ता राजनीतिक उपलब्धि रक्षा गर्न यो गठबन्धन बनेको हो’, गजुरेलले भने, ‘उपेन्द्रजीको पार्टी अलग हुँदैन । हिजो भएको निर्णयले पनि त्यसको पुष्टि गर्छ । तर, यदि अलग भयो भने पनि सत्ता गठबन्धन भने ढल्दैन ।’

यादव असन्तुष्ट हुनुको एउटा कारण, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका छोरा अमरेन्द्र पराजित हुनु हो ।

अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उनको पार्टीका उम्मेदवार लालकिशोर साह पराजित हुनु हो । अध्यक्ष यादव यी दुई स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओली भेट्न गएका थिए । जसपा उपाध्यक्ष रकम चेम्जोङले ओलीले आगामी निर्वाचनहरूमा सहकार्यको प्रस्ताव अध्यक्ष यादवसँग राखेको बताए ।

गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ । तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् ।

यद्यपि, यादव असहमत भएको र दुवै तहको निर्वाचनमा गठबन्धन दलहरूबीच नै तालमेल हुने उनको भनाइ छ । ‘यो स्थानीय निर्वाचनबाट एमाले कमजोर बनेको छ । बालुवाटारदेखि बालकोट पुग्नुपरेको छ । यस्तो अवस्थामा सहकार्य गरौँ भनेका हुन्’, उनले भने, ‘तर, सहकार्य हुँदैन ।’एमाले अध्यक्ष ओलीले ‘१७ असार’लाई गठबन्धन टुट्ने मिति भएको पटक–पटक भन्दै आएका छन् । कहिले त उनी एमालेले चाहे चुट्कीका भरमा गठबन्धन फुट्ने पनि बताउने गरेका छन् ।

गठबन्धनकै कारण अघिल्लो पटक पहिलो बनेको एमाले दोस्रो हुन पुगेको ओली विश्लेषण छ । तर, गठबन्धन दलहरू एमालेविरुद्ध मजबुत तालमेलको तयारीमा छन् । सोमबारको निर्णयले त्यसकै संकेत गर्छ ।यसैले पनि ओलीले भनेजस्तै चुट्कीका भरमा यो गठबन्धन तोड्न सहज छैन ।

याे पनि :
शोकमा रुँदैछ धनुषाको लोहटा
के हो ब्ल्याक बक्स, विमान दुर्घटनापछि यसको खोजी किन हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,