English

यस्ता छन् निर्वस्त्र सुत्नुको फाइदा



सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन भने कोही कपडा नलगाई । एक अनुसन्धानअनुसार १० प्रतिशत मानिसहरू निर्वस्त्र सुत्छन् । वास्तवमा विनाकपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।

यौनांग स्वस्थ रहन्छ

दिनभरी भित्री वस्त्र लगाउँदा तातो अवस्थाका कारण गुप्त अंगमा ढुसी बढ्ने र यौनाङग गन्हाउने गर्दछ । नाङगै सुत्दा ढुसीको संक्रमण घट्दछ । विशेष गरी यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुने गर्दछ र यौनाङग गन्हाउने समस्याबाट पनि छुट्कारा मिल्दछ ।

तौल काम गर्न सहयोग

सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्दछ । ग्रोथ हर्मोनले बोन डेन्सिटीलाई बढाउँदछ जसका कारण मुटु रोग र मधुमेह लाग्ने खतरा कम हुन्छ भने कोषलाई समेत मर्मत गर्दछ । यसका साथै मांसपेशीको निर्माण गर्नुका अतिरिक्त आन्तरिक अंगहरूलाई वृद्धि गर्न मद्दत गर्दछ । विना कपडा सुत्नाले रोगप्रतिरोधी क्षमतामा वृद्धि हुनुुका साथै यसले शरीरमा कार्टिसोल हर्मोन कम हुन्छ, जसले तौल कम गर्नमा सहायता प्रदान गर्दछ ।

गहिरो निद्रा

स्वस्थ व्यक्तिलाई दिनमा कम्तीमा आठ घण्टाको निद्रा आवश्यक पर्दछ । र, विना कपडा सुत्दा शरीर ठन्डा रहनुका साथै शरीरको तापमान नियन्त्रित रहने गर्दछ । परिणाम स्वरुप शरीर तात्नबाट जोगिन्छ, र गहिरो निद्रा पर्ने गर्दछ । अष्ट्रेलियामा गरिएको एक अनुसन्धानका अनुसार बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ । जसमा भनिएको छ राती पटक–पटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइन्छ ।

छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ

निर्वस्त्र सुत्नाले छाला प्रत्यक्ष रुपमा हावासँग सम्पर्कमा रहने गर्दछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, राति निर्वस्त्र सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्दछ जसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँदा छ । यसका साथै विना कपडा सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजक हुने गर्दछ । यसले पसिना आउनबाट रोक्नुका साथै जुन अंगमा बढी पसिना आउने गर्दछ, ती अंगहरुमा संक्रमण हुनबाट जोगाउँदछ । त्यसकारण छालाको रोग लाग्ने सम्भावनालाई कम हुन्छ ।

उच्च रक्तचापलाई सन्तुलित राख्न मद्दत पुग्छ

विना कपडा सुत्नु स्वास्थ्यका लागि वास्तबमै लाभदायक छ कि छैन रु भन्ने विषयमा बेलाबेलामा बहस समेत हुनेगर्दछ । विना कपडा सुतेमा शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुन्छ । जसका कारण शरीरको रक्तचाप नियन्त्रित हुने गर्दछ । त्यतिमात्र हैन, यसरी सुत्दा अक्सिटोसिन हर्मोनको मात्रा समेत बढ्दछ, यस हर्मोनले तनाव कम गर्नुका साथै स्वास्थ्यमा विभिन्न किसिमको फाइदा पुग्ने गर्दछ । यसका साथै यदि तपाई विवाहित हुनुहुन्छ भने पार्टनरसँग निर्वस्त्र सुत्दा छालाको प्रत्यक्ष सम्पर्कले अक्सिटोसिन हर्मोन निकै सक्रिय हुने गर्दछ । यसलाई बन्डिङ हर्मोन पनि भनिन्छ । यसले मानिसमा खुसीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले