English

कोरोनाबारे दोधारमा सरकारः मन्त्रालय पिच्छे फरक धार



नेपालमा यतिबेला कोरोना संक्रमितको ग्राफ पुनः उकालो लाग्न थालेको छ । विश्वमा देखिएको कोरोनाका नयाँ स्वरूपहरू नेपालमा पनि पुष्टि भइसकेका छन् । यी स्वरूपको फैलावट पहिलाको भन्दा तीव्र रहेको बताइन्छ । बालबालिका तथा युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएको भन्दै १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्लामा वर्गीकृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सचिवस्तरीय निर्णय गरी गम्भिर प्रकारको अपिल गर्यो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलको २ नम्बर बुँदामा १४ वटा अति प्रभावित जिल्लाका विद्यालयमा बालबालिका नपठाउन अपिल गरिएको थियो । यसअघि पनि मन्त्रालयले बालबालिकामा कोरोनाको संक्रमण देखिएको भन्दै तत्काल विद्यालय बन्द गर्नुपर्ने धारणा राख्दै आएको थियो ।
तर, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने शुक्रबार विज्ञप्ति जारी गर्दै अहिले नै शैक्षिक संस्थाहरूमा अनावश्यक त्रास सिर्जना गर्न नहुने र विद्यालयमा भीडभाड कम हुने विधि अपनाएर सञ्चालन गर्न अनुरोध गर्यो ।

यी दुई मन्त्रालयको दोहोरो धारणाले यतिबेला विशेषगरी शिक्षण संस्था तथा विद्यार्थीहरू अन्योलमा परेका छन् । आखिर किन सरकारका निकायहरू एउटै निर्णय गर्न सकिरहेका छैनन् ?

अहिलेको अवस्थामा सरकारले विद्यालय तत्कालै बन्द गर्ने निर्णय गर्नुपर्ने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउँछन्, ‘अहिले नेपालमा कोरोनाको महामारी फैलिरहेको छ । नयाँ भेरियन्ट पहिलाभन्दा धेरै खतरा छ ।’

अहिलेको अवस्थामा सरकारले विद्यालय तत्कालै बन्द गर्ने निर्णय गर्नुपर्ने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउँछन्, ‘अहिले नेपालमा कोरोनाको महामारी फैलिरहेको छ । नयाँ भेरियन्ट पहिलाभन्दा धेरै खतरा छ ।’ उनको विचारमा यस्तै अवस्थामा सरकार, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक गम्भीर हुनुपर्छ । भोलि संक्रमण बढ्यो भने बन्द गरौंला भनेर बस्ने बेला छैन । यदि संक्रमण फैलिएपछि बन्द गर्ने भनेर बसियो भने त्यो ठूलो भुल हुनेछ । त्यसैले सरकारले पनि अहिले निजी शिक्षण संस्थाको व्यावसायिक हितलाई नहेरी तत्काल विद्यालय बन्द गरी अनलाइन प्रणालीमा पठनपाठन गर्ने निर्णय गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारी काठमाडौं उपत्यका लगायतका थुप्रै जिल्लामा संक्रमणको दर बढिरहेकाले यस्तो अवस्थामा विद्यालयलगायतका सबै भिडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने बताउँछन् । ‘हामीले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सबै निकायलाई सचेत रहन आग्रह गरिसकेका छौं,’ उनले भने, ‘पहिलाको भन्दा अहिलेको स्वरूपले गम्भीर महामारीको रूप लिन सक्ने आँकलन गरिएकाले यस्तो अवस्थामा सबै निकाय सचेत हुन आवश्यक छ ।’

पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा अहिलेको अवस्थामा मन्त्रालयले विद्यालय सञ्चालन गर्न वा नगर्न केही नभनेको बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम भनी पहिचान गरेको जिल्ला, सहर वा स्थानका हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम विद्यालय बन्द गर्न वा सञ्चालन गर्न भनेका छौं,’ उनले भने, ‘यदि बन्द भएका विद्यालय पुनः सञ्चालन गर्नुपरेको अवस्थामा विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ बमोजिम निरन्तरता गर्न सूचित गरेका छौं ।’

पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested