English

कुलेखानी मार्खुमा डुंगा सलल…



धेरैको मुखबाट सुनिन्छ, आफू त कुवाको भ्यागुता भइयो, कामले कहीं घुम्न जान पाइएन । त्यसो त काठमाडौं बस्नेहरू यहाँको धुलो धुँवाले विदाको एक दिन कोठामै बस्न रुचाउनेहरू पनि धेरै छन् । यस्तोमा काठमाडौंवासीका लागि ताजा हावा खान कुलेखानी मार्खु घुमघामका लागि उचित गन्तव्य बन्न सक्छ ।

इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी मार्खु, काठमाडौंको बल्खुबाट करिब ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ अवस्थित छ । यो स्थान कुलेखानी ड्याम, इन्द्र सरोवर ताल र तालमा डुंगा शयरको लागि प्रसिद्ध छ ।

कसरी जाने ?

मार्खु जान सार्वजनिक सवारी साधन सहजै पाईदैन । त्यसैले, मन मिल्ने साथीभाइ मोटरसाइकल अथवा गाडी रिजर्भ गरेर जान सकिन्छ । त्यहाँ एक रात बस्ने हो भने शुक्रबार साँझ करिब ३–४ बजेतिर बल्खुबाट हिँड्न हुन्छ । ४ बजे हिँडेमा करिब ६ देखि साढे ६ बजेभित्र मार्खु पुग्न सकिन्छ । तर बाटो अलमल परेर हराउनुभन्दा चाँडै निस्किएको राम्रो ।

बल्खुबाट चोभार डाँडा, टौदह, फर्पिङसम्म पुग्दा नै तपाईंले यात्राको मजा लिन थाल्नु हुनेछ । फाखेल हुँदै करिब ४५ किलोमिटरको यात्रा करिब साढे २ घण्टापश्चात मार्खु पुगिन्छ ।

मार्खुमा थुप्रै होटल, लज, रिसोर्ट र होम स्टेहरू छन् । लोकल कुखुरा, माछालगायत विभिन्न परिकारका स्वादिष्ट खानाका साथै पारिवारिक वातावरण यहाँको विशेषता हो ।

चिसो वातावरण, वरपर डाँडै डाँडा, डाँडै भरी बाक्लो सल्लाका वन, सल्लाको मिठो वासना, रङ्गीविरङ्गी चराहरूको चिरविर लगायतका दृष्यले मनै प्रफुल्ल बनाउँछ । रातको समयमा थकाई मेट्न बसेको होटलको मीठो खाना, न्यानो क्याम्प फायरले यात्रालाई अझ रसिलो बनाउँछ ।

अर्को बिहान करीब ७ बजे ब्रेकफास्ट गरेर इन्द्रसरोवर तल हेर्नका लागि होटलबाट निस्कनुपर्छ । मकवानपुर जिल्लामा अवस्थित इन्द्रसरोवर ताल, कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हो । नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, तात्कालीन युवराज्ञी इन्द्र राज्य लक्ष्मीको सम्झनामा नामकरण गरिएको हो ।

यहाँ ताल, ड्याम हेर्न, डुंगा चढ्न, रमाइलो गर्न साथीभाईसँग हुल बाँधेर जाने धेरै हुन्छन् । तालमा बोटिङ गर्दै, ताल आसपासमा र झोलुङ्गे पुलमा तस्विर लिनेहरूको भिडभाड नै हुन्छ । बिहानको खाना खाएर चाँडै निस्किन सके बाटोका दृष्यावलोकन गर्दै आउन सकिन्छ ।

काठमाडौँ फर्किदा दक्षिणकालीको दर्शन गर्न सकिन्छ । टौदहमा पनि केही बेर बस्न सकिन्छ । पोखरीका माछालाई आहारा खुवाउँदै रमाइलो गर्दाको मजा नै बेग्लै हुन्छ ।

के के बोक्ने ?

अहिले कोरोनाको दोस्रो लहरको सङ्केत देखिएको छ । यस्तोमा घरबाट बाहिर निस्कँदा यात्रु स्वयम्ले राम्रै सावधानी अपनाउनुपर्ने देखिन्छ । अहिलेको परिस्थितिमा स्यानीटाइजर र मास्क अत्यावश्यक सामग्री हो ।

होटलमा बेलुकाको खाना, बस्नको लागि, बिहान ब्रेकफास्टको लागि, इन्द्रसरोवरमा डुङ्गाको लागि, टौदहमा टिकट र खाजाको लागि र अन्य आवश्यक सामग्रीको लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ बोक्दा पर्याप्त हुन्छ ।

बस या रिजर्भ गाडीमा सहजै जान सकिने मार्खु पुग्न यात्रुहरूले पैदल हाइकिङको मज्जा पनि लिने गरेका छन् । यद्यपी यहाँ पुग्ने सडक हाललाई करिब ८० प्रतिशत पक्की भइसकेको छ । त्यसैले, मोटरसाइकलको यात्रा पनि एकदमै राम्रो विकल्प हुन सक्छ । यसको लागि राइडिङ गियरहरूको उचित प्रयोग गर्नुहोस् । साथै रेनकोट पनि बोक्न नभुल्नु होला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested