English

कुलेखानी मार्खुमा डुंगा सलल…



धेरैको मुखबाट सुनिन्छ, आफू त कुवाको भ्यागुता भइयो, कामले कहीं घुम्न जान पाइएन । त्यसो त काठमाडौं बस्नेहरू यहाँको धुलो धुँवाले विदाको एक दिन कोठामै बस्न रुचाउनेहरू पनि धेरै छन् । यस्तोमा काठमाडौंवासीका लागि ताजा हावा खान कुलेखानी मार्खु घुमघामका लागि उचित गन्तव्य बन्न सक्छ ।

इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी मार्खु, काठमाडौंको बल्खुबाट करिब ४५ किलोमिटर दक्षिण पश्चिमतर्फ अवस्थित छ । यो स्थान कुलेखानी ड्याम, इन्द्र सरोवर ताल र तालमा डुंगा शयरको लागि प्रसिद्ध छ ।

कसरी जाने ?

मार्खु जान सार्वजनिक सवारी साधन सहजै पाईदैन । त्यसैले, मन मिल्ने साथीभाइ मोटरसाइकल अथवा गाडी रिजर्भ गरेर जान सकिन्छ । त्यहाँ एक रात बस्ने हो भने शुक्रबार साँझ करिब ३–४ बजेतिर बल्खुबाट हिँड्न हुन्छ । ४ बजे हिँडेमा करिब ६ देखि साढे ६ बजेभित्र मार्खु पुग्न सकिन्छ । तर बाटो अलमल परेर हराउनुभन्दा चाँडै निस्किएको राम्रो ।

बल्खुबाट चोभार डाँडा, टौदह, फर्पिङसम्म पुग्दा नै तपाईंले यात्राको मजा लिन थाल्नु हुनेछ । फाखेल हुँदै करिब ४५ किलोमिटरको यात्रा करिब साढे २ घण्टापश्चात मार्खु पुगिन्छ ।

मार्खुमा थुप्रै होटल, लज, रिसोर्ट र होम स्टेहरू छन् । लोकल कुखुरा, माछालगायत विभिन्न परिकारका स्वादिष्ट खानाका साथै पारिवारिक वातावरण यहाँको विशेषता हो ।

चिसो वातावरण, वरपर डाँडै डाँडा, डाँडै भरी बाक्लो सल्लाका वन, सल्लाको मिठो वासना, रङ्गीविरङ्गी चराहरूको चिरविर लगायतका दृष्यले मनै प्रफुल्ल बनाउँछ । रातको समयमा थकाई मेट्न बसेको होटलको मीठो खाना, न्यानो क्याम्प फायरले यात्रालाई अझ रसिलो बनाउँछ ।

अर्को बिहान करीब ७ बजे ब्रेकफास्ट गरेर इन्द्रसरोवर तल हेर्नका लागि होटलबाट निस्कनुपर्छ । मकवानपुर जिल्लामा अवस्थित इन्द्रसरोवर ताल, कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हो । नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, तात्कालीन युवराज्ञी इन्द्र राज्य लक्ष्मीको सम्झनामा नामकरण गरिएको हो ।

यहाँ ताल, ड्याम हेर्न, डुंगा चढ्न, रमाइलो गर्न साथीभाईसँग हुल बाँधेर जाने धेरै हुन्छन् । तालमा बोटिङ गर्दै, ताल आसपासमा र झोलुङ्गे पुलमा तस्विर लिनेहरूको भिडभाड नै हुन्छ । बिहानको खाना खाएर चाँडै निस्किन सके बाटोका दृष्यावलोकन गर्दै आउन सकिन्छ ।

काठमाडौँ फर्किदा दक्षिणकालीको दर्शन गर्न सकिन्छ । टौदहमा पनि केही बेर बस्न सकिन्छ । पोखरीका माछालाई आहारा खुवाउँदै रमाइलो गर्दाको मजा नै बेग्लै हुन्छ ।

के के बोक्ने ?

अहिले कोरोनाको दोस्रो लहरको सङ्केत देखिएको छ । यस्तोमा घरबाट बाहिर निस्कँदा यात्रु स्वयम्ले राम्रै सावधानी अपनाउनुपर्ने देखिन्छ । अहिलेको परिस्थितिमा स्यानीटाइजर र मास्क अत्यावश्यक सामग्री हो ।

होटलमा बेलुकाको खाना, बस्नको लागि, बिहान ब्रेकफास्टको लागि, इन्द्रसरोवरमा डुङ्गाको लागि, टौदहमा टिकट र खाजाको लागि र अन्य आवश्यक सामग्रीको लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ बोक्दा पर्याप्त हुन्छ ।

बस या रिजर्भ गाडीमा सहजै जान सकिने मार्खु पुग्न यात्रुहरूले पैदल हाइकिङको मज्जा पनि लिने गरेका छन् । यद्यपी यहाँ पुग्ने सडक हाललाई करिब ८० प्रतिशत पक्की भइसकेको छ । त्यसैले, मोटरसाइकलको यात्रा पनि एकदमै राम्रो विकल्प हुन सक्छ । यसको लागि राइडिङ गियरहरूको उचित प्रयोग गर्नुहोस् । साथै रेनकोट पनि बोक्न नभुल्नु होला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली