सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा
सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ । पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ ।
मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको टोली र २० जनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्र खोज्न लागेका हुन् । पाइलटको फोन लागिरहेको छ । सोही आधारमा लोकेसन ट्र्याक गरेर सम्भावित क्षेत्रतर्फ लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
स्थलमार्ग हुँदै गएको टोलीले फोनको लोकेसन ट्रेस गरिसकेको छ । सोही आधारमा टोली मोभिलाइजेसन भएको प्रवक्ता सिलवालको भनाइ छ । हेलिकोप्टरमार्फत गएको टोली मुस्ताङको कोवाङ्गमा तयारी अवस्थामा छ ।
पैदलमार्ग हुँदै गएको टोलीले फेला पारेपछि हेलिकोप्टरमार्फत तयारी अवस्थामा रहेको टोलीले तत्कालै उद्दार गर्नेछ । खराब मौसमका कारण हेलिकोप्टर कोवाङबाट अगाडि बढ्न सकिरहेको छैन । ठाउँ पत्ता लागेको खण्डमा पाँच मिनेटभित्रै उद्दार गर्ने गरी हेलिकोप्टर तयारीमा राखिएको प्रवक्ता सिलवालले बताए ।
यतिबेला फिस्टेल एयरको सानो हेलिकोप्टरले समेत सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि त्यसतर्फ पुग्न लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामकुमार दानीले बताए ।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।
यो पनि…
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेतेमाथि दुर्घटना भएको आशंका
प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाई
Paulina
Definitely consider that that you stated. Your favorite justification seemed to be on the web the simplest thing to understand of. I say to you, I definitely get annoyed even as other people think about concerns that they just don't recognize about. You managed to hit the nail upon the highest as neatly as outlined out the whole thing with no need side effect , other folks could take a signal. Will likely be again to get more. Thank you My page: دوره کنترل کیفیت آماری