कहाँ चुम्बन गर्दा के अर्थ लाग्छ ?



चुम्बनले भावनात्मक सम्बन्ध बनाउँछ । चुम्बन प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो । तर कुन चुम्बनको के अर्थ लाग्छ, यो कमैलाई थाहा हुन्छ । यसबारे जानी राख्नुहोस् ।

गालामा चुम्बन

गालामा चुम्बन गर्नुले स्नेह झल्किन्छ । यसले सहयोगलाई प्रदर्शित गर्छ । यसका अलावा गालामा गरिने चुम्बन आकर्षणको पनि प्रतीक मानिन्छ । प्रायः धेरै प्रेम महसुस भएमा मानिस आफ्नो पार्टनरको गालामा चुम्बन गर्छन् ।

ओठमा चुम्बन

ओठमा गरिने चुम्बनले पार्टनरप्रतिको जुनून वा पागलपनलाई दर्शाउँछ । यो प्रेम व्यक्त गर्ने उत्कृष्ट तरिका हो । ओठमा गरिने चुम्बनले पार्टनरको नजिक आउने चाहनालाई बयान गर्द । ओठमा गरिने चुम्बनले जोडी बीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ ।

घाँटीको वरिपरि गरिने चुम्बन

कलरबोन अर्थात घाँटीको वरिपरि गरिने चुम्बनले अन्तरंगतालाई दर्शाउँछ । शारीरिक आकर्षणलाई दर्शाउने यो राम्रो तरिका हो । मानिसहरु निजी पल वा बेडरुममा आफ्नो पार्टनरको कलरबोनमा चुम्बन गर्नु सही ठान्छन् । आफ्नो यौनजन्य इच्छा दर्शाउनको लागि कानमा चुम्बन गरिन्छ । यद्यपि यसको प्रभाव पूर्ण रुपमा चुम्बन गर्ने व्यक्तिको चाहना र उद्देश्यमा निर्भर गर्दछ ।

हातमा चुम्बन

कोही आफूलाई मन परेको कुरा व्यक्त गर्नको लागि हातमा चुम्बन गर्छन । यसका अलावा हातमा गरिने चुम्बनलाई विश्वासको प्रतीक पनि मानिन्छ । पार्टनरलाई विशेष र फरक महसुस गराउनको लागि पनि मानिसहरु हातमा चुम्बन गर्ने गर्छन् ।

निधारमा गरिने चुम्बन

निधारमा गरिने चुम्बनले पार्टनरप्रतिको बन्धनलाई दर्शाउँछ । प्रायः मानिसहरु भावुक समयमा निधारमा चुम्बन गर्न मन पराउँछन् । निधारमा गरिने चुम्बनले कसैलाई उसको हरेक कठिन समयमा आफू उसको साथमा भएको सन्देश दिइन्छ ।

फ्लाइङ चुम्बन प्राय

विदा हुँदा र गुड लक विश धष्कज गर्नको लागि गरिन्छ । फ्लाइङ चुम्बन पनि सम्बन्ध बलियो बनाउन निकै प्रभावकारी हुन्छ । एक फ्लाइङ चुम्बन मानिसको सम्झनामा लामो समयसम्म रहन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने