English

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित



गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ ।

आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।

निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार बढी विजयी बनेका छन् ।

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन् ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो