English

गन्न बाँकी मतभन्दा धेरै मतान्तरले बालेन अघि



काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेका छन् । गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन साहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ ।

मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् ।

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ ।

हालसम्म गणना भएकोमध्ये बालेनले ३२ प्रतिशत, सिर्जनाले २१ प्रतिशत, स्थापितले २० प्रतिशत, सुमनले ६ प्रतिशत र बाँकी अन्य उम्मेदवारहरुले प्राप्त गरेका छन् ।

यो पनि :
‘अब भरतपुर स्मार्ट सिटी बन्ने छ’
‘शंखरापुरमा जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested