English

यसरी गर्नुहोस् घण्टौँसम्म सेक्स



यौन सम्पर्क गरे लगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शीघ्रपतन भनिन्छ ।

शीघ्रपतन हुने मानसिक कारणहरू

शीघ्रपतनको प्रमुख कारण भनेको मानसिक समस्या हो । यौन सम्पर्क गर्दा के हुने होला ? मैले सन्तुष्टि दिन सकिन भने के हुने होला ? भन्ने खालको सानो सानो कुराहरूले पनि शीघ्रपतन भएको हुन सक्छ । सबैभन्दा पहिलो कुरा मानसिक रूपमा चिन्ता नगर्ने, दुई जना यौन साथीहरु बीचमा सहज ढङ्गले यौनसम्बन्धी कुराहरू गरेमा मात्र यसको समाधान केही सहजता आउन सक्छ ।

अर्को बुझ्नै पर्ने कुरा के हो भने पहिलो पटक यौन सम्पर्क गर्दा सबैलाई शीघ्रपतन हुन्छ । तर शीघ्रपतनको समस्या यौन सम्पर्क गर्दै जाँदा बिस्तारै ठिक हुँदै जान्छ ।

शीघ्रपतन रोक्ने केही उपायहरू

यौन सम्पर्क रोक्ने–सुरु गर्ने

यौन सम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

आसन परिवर्तन

लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भई यौन सम्पर्क गरे पनि शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

लिङ्ग अँठ्याउने

यौन सम्पर्क गर्दा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना केही कम भएपछि पुनः यौन क्रीडा सुरु गर्ने ।

मांसपेशीको प्रयोग गर्ने

पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले