English

सन्तुलित सम्भोग कालागि ग्याप हुन जरुरी



धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ । अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ ।

दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त रु यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।

हर्मोन सन्तुलित

विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।

दिक्क नहुन

मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिइरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ ।

उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुन सेक्स सम्बन्ध राख्नुपर्छ ।

सेक्सुअल इन्फेक्सनबाट जोगिन

कतिपय समयमा मानिसलाई यौनजन्य सङ्क्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ ।

त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ ।

मानसिक अस्वस्थता

दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।

हतार गर्न हुँदैन

कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन्छन् तर त्यस्तो गर्नु हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested