ट्रेडमिलमा दौड्दै हुनुहुन्छ ? यी ५ कुरा ध्यान दिनुस !



शहरी जीवनको ब्यस्तताले गर्दा धेरैलाई जिमसम्म गएर एक्सरसाईज गर्ने फूर्सद पनि नहुने भएको छ । यस्तो अवस्थामा धेरैले घरमै ट्रेडमिल राखेर एक्सरसाईज गर्ने सोचाई बनाउन थालेका छन् ।

घरमै ट्रेडमिल राखेर एक्सरसाईज गर्छु भन्ने कुरा जति सजिलो सुनिन्छ एक्लै गर्दा केही सावधानीहरु अपनाउनु नै पर्ने हुन्छ । जिममा प्रशिक्षक हुने हुनाले उनले धेरै कुरा सिकाईरहेका हुन्छन् तर घरमै एक्लै गर्दा कोही पनि प्रशिक्षक नभएको कारण स्वयं नै सावधान भएर गर्दा राम्रो हुन्छ ।

ट्रेडमिल एउटा यस्तो उपकरण हो जसमा हिड्दा स्वास्थसंग सम्बन्धित फाईदाहरु हुन्छ नै । यदी पहिलो पटक ट्रेडमिलमा हिडेर एक्सरसाईज गर्दै हुनुहुन्छ भने चोट लाग्ने सम्भावना पनि हुन्छ । यदी तपाईलाई लामो समय देखि ट्रेडमिलमा दौडेर एक्सरसाईज गर्ने चाहना छ भने यसमा कसरी दौडदा तपाईलाई फाइदा गर्छ भन्ने केही उपयोगी जानकारीहरु ।

वार्मअप गर्ने

जुनसुकै एक्सरसाईज गर्नु अघि पनि वार्मअप गर्नु अत्यन्त जरुरी हुन्छ । अझ ट्रेडमिलमा दौडनु अघि पनि वार्मअप गर्नु जरुरी नै हुन्छ । कतिपय मानिसहरु बिहान उठ्ने बित्तिकै ट्रेडमिलमा दौडन थालिहाल्छन् । यो कार्य तपाईको शरीरकालागि बेफाइदाजनक हुन सक्छ ।

वार्मअप विना ट्रेडमिलमा दौडदा चोट लाग्ने सम्भावना बढ्न सक्छ । वार्मअव विना ट्रेडमिलमा दौडदा हाम्रो शरीरको मांसपेशीहरु कसिलो भैरहेको हुन्छ भने शरीरमा प्रर्याप्त मात्रामा अक्सिजन पनि पुगेको हुदैंन । वार्मअपले शरीरको मांसपेशीहरुलाई खुकुलो बनाउनुका साथै मांसपेशीलाई पनि चाहिने अक्सिजनको मात्रा सप्लाई गर्छ ।

बिस्तारै–बिस्तारै दौडिन सुरु गर्ने

ट्रेडमिलमा दौडदा बिस्तारै दौडन सुरु गर्नु पर्छ । ट्रेडमिललाई १ देखि २ प्रतिशत माथि तिर सेट गरेर दौडन सुरु गर्नु पर्छ । यदि तपाई हिड्नको लागी मात्र ट्रेडमिलको प्रयोग गर्दै हुनुन्छ भने यसलाई शुन्यमा राख्नु राम्रो हुन्छ ।

फङ्सनहरुको बारेमा जानकारी राख्ने

पहिलो पटक ट्रेडमिलमा दौडदै हुनुहुन्छ भने तपाईलाई यसको फङ्सनहरुका बारेमा राम्ररी जानकारी हुनुपर्छ । यसको फङ्सनहरुमा स्पिडलाई कसरी बढाउने–घटाउने र कसरी बन्द गर्ने भन्ने जान्नु पर्छ । यो बिषयमा तपाईले ट्रेडमिल किनेको पसलेलाई वा चिनेको ट्रेनरलाई सोध्नसक्नु हुन्छ ।

तपाईलाई ट्रेडमिलको स्पिड डिस्प्ले, हार्ट रेट मनिटर, पहिले नै फिक्स गरिएको वर्कआउट, क्यालोरी बर्न क्याल्कुलेटर, टाइम डिस्प्ले र इंकलाइन बटन को बारेमा थाहा पाउनु जरुरी हुन्छ ।

आरामदायी जुत्ताको प्रयोग गर्ने

अरु वेला दौडदा हामी आरामदायी जुत्ता लगाउँछौ, त्यसैगरी ट्रेडमिलमा दौडनको लागी पनि आरामदायी जुत्ताको प्रयोग गर्नुपर्छ । आफ्नो साइजको र लगाउन सजिलो हुने किसिमको जुत्ता लगाउनु पर्छ । यसले तपाईको ध्यान भड्किदैन र तपाई दौडमा मात्र केन्द्रितहुन सक्नुहुन्छ ।

ब्यालेन्समा ध्यान दिने

पहिलो पटक ट्रेडमिलमा दौडदै हुनुहुन्छ भने तपाईले ट्रेडमिलको ह्यान्डिलमा समात्नु हुन्छ । तर यसो गर्दा तपाईलाई चोट लाग्ने सम्भावना बढि हुन्छ, यसको साथै तपाईको ब्यालेन्स र पोजिसन पनि बिग्र्रन सक्छ । त्यसैले ट्रेडकिलमा दौडदा ब्यालेन्स मिलाउनु पर्छ ।



...
rogeKneep

cialis 10mg All 1545 women under follow up in the FHC who were considered eligible for preventative tamoxifen were contacted

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

हामी खानामा धेरै प्रकारका चीजहरू सँगै खान्छौँ। यस्तो अवस्थामा कहिलेकाहीँ यी चीजहरू हाम्रो शरीरको लागि खतरनाक साबित हुन्छन्। त्यसैले खाना

मूला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, रुघाखोकी जस्ता रोगबाट

आजकल गलत जीवनशैली र जानी नजानी लापरबाहीका कारण मानिसमा धेरै प्रकारका शारीरिक तथा मानसिक समस्या बढ्दै गएका छन् । ध्यान