English

यसरी बनाउनुहोस् घरलाई आकर्षक



बजेटको सीमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिँदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक बनाउन सकिन्छ । इन्टेरियर डिजाइनरहरूले कम खर्चमै तपाईंको घर आकर्षक बनाइदिन सक्छन् । र, आफै पनि घरलाई आकर्षक ढङ्गबाट सजाउन सकिन्छ । हामीले कम खर्चमै घरको आकर्षक सजावटका टिप्सबारे जानकारी गराउँदै छौँ :

क्राउन मोल्डिङ

घरलाई आकर्षक बनाउनका लागि सानातिना कुराहरूमा पनि ध्यान दिनुपर्छ । सानो कुरा परिवर्तन गर्ने बित्तिकै घरको सुन्दरता थपिन्छ । शक्ताउन मोल्डिङ गरेपछि कोण ९कुनाहरू०को बनावट अत्यन्तै सुन्दर हुनुका साथै प्रिमियम र पूर्ण पनि देखिन्छ ।

झ्यालको सजावट

घरलाई आकर्षक बनाउन झ्यालको मर्मत तथा सजावट धेरै आवश्यक हुन्छ । घरको भव्यता र गोपनीयताको लागि पनि झ्याल चाहिन्छ । झ्यालको मर्मत तथा सजावट धेरै सहज छ । आकर्षक झ्यालबिना घर अपूर्ण र सस्तो देखिन्छ ।

कार्पेटभन्दा काठको प्रयोग

घरमा काठको पार्केटिङ गर्दा क्लासिक र इलिजेन्ट उपस्थिती प्रदान गर्छ । घरमा कार्पेटको सट्टामा काठको पार्केटिङ गर्न त्यति महँगो पर्दैन । घरमा काठको पार्केटिङ गर्नु भनेको बुद्धिमानी लगानी हुनेछ । कडा काठलाई कोठा र भर्याङमा बिच्छाउदा लामो समय टिकाउ हुनुका साथै आकर्षक पनि देखिन्छ ।

सरसफाइ

घरलाई आकर्षक र सुन्दर देखाउने सबैभन्दा सजिलो र सस्तो तरिका सरसफाइ नै हो । घर दैनिक सरसफाइ गर्नुपर्छ । समानहरू मिलाएर राख्नुपर्छ । फर्निचर, स्विच, झ्याल, ढोका, पलङ, दराज लगायत सफा राखिरहनु पर्छ । जुत्ता र कपडाहरू मिलाएर राख्न सकिन्छ । घरमा नियमित सफाइले तपाइलाई आनन्द महसुस हुन्छ । घरभित्र पस्दा फ्रेस भइन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested