English

यसरी बनाउनुहोस् घरलाई आकर्षक



बजेटको सीमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिँदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक बनाउन सकिन्छ । इन्टेरियर डिजाइनरहरूले कम खर्चमै तपाईंको घर आकर्षक बनाइदिन सक्छन् । र, आफै पनि घरलाई आकर्षक ढङ्गबाट सजाउन सकिन्छ । हामीले कम खर्चमै घरको आकर्षक सजावटका टिप्सबारे जानकारी गराउँदै छौँ :

क्राउन मोल्डिङ

घरलाई आकर्षक बनाउनका लागि सानातिना कुराहरूमा पनि ध्यान दिनुपर्छ । सानो कुरा परिवर्तन गर्ने बित्तिकै घरको सुन्दरता थपिन्छ । शक्ताउन मोल्डिङ गरेपछि कोण ९कुनाहरू०को बनावट अत्यन्तै सुन्दर हुनुका साथै प्रिमियम र पूर्ण पनि देखिन्छ ।

झ्यालको सजावट

घरलाई आकर्षक बनाउन झ्यालको मर्मत तथा सजावट धेरै आवश्यक हुन्छ । घरको भव्यता र गोपनीयताको लागि पनि झ्याल चाहिन्छ । झ्यालको मर्मत तथा सजावट धेरै सहज छ । आकर्षक झ्यालबिना घर अपूर्ण र सस्तो देखिन्छ ।

कार्पेटभन्दा काठको प्रयोग

घरमा काठको पार्केटिङ गर्दा क्लासिक र इलिजेन्ट उपस्थिती प्रदान गर्छ । घरमा कार्पेटको सट्टामा काठको पार्केटिङ गर्न त्यति महँगो पर्दैन । घरमा काठको पार्केटिङ गर्नु भनेको बुद्धिमानी लगानी हुनेछ । कडा काठलाई कोठा र भर्याङमा बिच्छाउदा लामो समय टिकाउ हुनुका साथै आकर्षक पनि देखिन्छ ।

सरसफाइ

घरलाई आकर्षक र सुन्दर देखाउने सबैभन्दा सजिलो र सस्तो तरिका सरसफाइ नै हो । घर दैनिक सरसफाइ गर्नुपर्छ । समानहरू मिलाएर राख्नुपर्छ । फर्निचर, स्विच, झ्याल, ढोका, पलङ, दराज लगायत सफा राखिरहनु पर्छ । जुत्ता र कपडाहरू मिलाएर राख्न सकिन्छ । घरमा नियमित सफाइले तपाइलाई आनन्द महसुस हुन्छ । घरभित्र पस्दा फ्रेस भइन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested