English

वैज्ञानिकहरूले पहिलो पटक उमारे अन्तरिक्षमा मुला



वैज्ञानिकहरूले पहिलो पटक अन्तरिक्षमा मुला उमारेएका थिए । अन्तरिक्षमा उमारिएका ती मुला अर्को वर्ष मात्र पृथ्वीमा ल्याइयो ।

नासाको अन्तरिक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेको हो । केटले मुलाका २० बिरुवा प्याक गरी सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखिसकेका थिए ।

नासाको यो प्रयोगको नाम प्लान्ट हेबिटेट ०२ राखिएको थियो । वैज्ञानिकहरूलाई विश्वास थियो, २७ दिन मै मुला तयार हुनेछ, त्यसैले यसलाई अन्तरिक्षमा केन्द्रमा उमार्न चयन गरिएको थियो । उक्त मुलामा पोषक तत्त्व पनि थियो र खान लायक पनि । पातहरू हुने मुला फरक खालको फसल भएको नासाका योजना प्रबन्धक निकोल डुफोरले बताए । यसअघि अन्तरिक्षमा गहुँ उमारिएको थियो ।

फरक फरक प्रकारका तरकारी उमारेर अन्तरिक्षमा कस्ता खालका बिरुवा उमार्न सकिन्छ जुन लामो समयसम्म रहने अन्तरिक्ष यात्रीहरूका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको थियो । नासाका अनुसार मुला उमार्न अत्यन्तै कम मात्र रेखदेखको आवश्यक पर्छ ।

अन्तरिक्षको जुन कक्षमा यसलाई उमारिएको हो, त्यहाँ रातो, निलो, हरियो र सतो एलइडी लाइटको किरण दिइएको थियो, ताकी बिरुवा वृद्धि राम्रो होस् । अन्तरिक्षमा उमारिएका मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा उमारिएका मुलासँग गरिएको थियो ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested