English

युगान्डासँग नेपालको दोस्रो हार



युगान्डाले नेपाली महिला क्रिकेट टोलीलाई दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा १ विकेटले पराजित गरेको छ । युगान्डाले १ सय २ रनको लक्ष्य १ बल अगाडि पूरा गरेको थियो ।

२ बलमा विजयका लागि १ रन बनाउनु पर्ने अवस्थामा कविता कुँवरको बलमा सराह एकिटेङले विजयी रन प्रहार गरेकी थिइन् । रिता मुसामालीले ३४ बलमा ३ चौका प्रहार गरी ३० रन प्रहार गरे । फ्रान्क्लिन नाजुम्बाले १९ र जेनेट एमबाबाजी १६ रन बनाए ।

नेपालबाट कविता कुँवर र सबनम राईले २–२ तथा कप्तान रुविना क्षेत्री र सीता रानामगरले १–१ विकेट लिए । युगान्डाले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सकेको थियो ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का