English

नेप्सेसँगै घट्यो कारोबार रकम



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेर बन्द भएको नेप्से, यस दिन ८४.९० अंक घटेर २२६५.५२ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २२१ पटकको कारोबारमा ३३ हजार ६११ पटकको कारोबारमा १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जबकी अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो।

नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। यस दिन सो लघुवित्तको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेका छन् भने विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested