English

नेप्सेसँगै घट्यो कारोबार रकम



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेर बन्द भएको नेप्से, यस दिन ८४.९० अंक घटेर २२६५.५२ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २२१ पटकको कारोबारमा ३३ हजार ६११ पटकको कारोबारमा १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जबकी अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो।

नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। यस दिन सो लघुवित्तको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेका छन् भने विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित