English

के कपाललाई सिल्की र आकर्षक बनाउन चाहनु हुन्छ ?



अम्बु रुचाल, ब्यूटिसियन

तपाईको कपाल रुखो र स्याहार गर्न गाह्रो हुने किसिमको छ ? यदी तपाई आफ्नो कपाललाई सिल्की र आकर्षक बनाउन चाहनु हुन्छ भने आफ्नो कपाललाई केराटिन ट्रिटमेन्ट गर्न सक्नुहुन्छ । केराटिन ट्रिटमेन्ट गर्नु अघि केहि कुराहरु थाहा पाउनु भने जरुरी हुन्छ ।

तपाई रुखो र कर्लि कपाल लिएर ब्यूटीपार्लर जानु भयो भने ब्यूटिसियनले तपाईलाई कपालको केराटिन ट्रिटमेन्ट गर्ने सल्लाह दिनुहुन्छ । केराटिन ट्रिटमेन्टले तपाईको रुखो र कर्लि कपाललाई नरम र सिधा बनाउन मद्दत गर्छ । तपाई पहिलो पटक केराटिन ट्रिटमेन्ट गर्दै हुनुहुन्छ भने यसबाट हुने फाइदा र बेफाईदाको बारे तपाई पहिला नै जानिफकार हुनु पर्छ ।

केराटिन ट्रिटमेन्ट भनेको के हो ?

केराटिन भनेको हाम्रो कपालमा हुने नेचुरल प्रोटिन हो जसले हाम्रो कपाललाई नरम र चम्किलो बनाउन मद्दत गर्छ । घाम, धुवाँ, धुलो र कपालमा लगाइने विभिन्न कलर तथा केमिकलले कपालमा भएको प्रोटिनलाई नष्ट गर्दै लगेको हुन्छ । जसले गर्दा हाम्रो कपाल रुखो हुदैं गएको हुन्छ । यसरी नष्ट भएको कपालको प्रोटिनलाई सुधान गर्ने प्रक्रियालाई केरटिन ट्रिटमेन्ट भनिन्छ ।
यस प्रकृयामा कपालमा कृतिम तरिकाले केराटिन राख्ने गरिन्छ । जसले हाम्रो कपाललाई नरम चम्किलो र सिधा बनाउन मद्दत गर्छ । आजभोली यो ट्रिटमेन्ट बिशेषत महिलाहरूमा लोकप्रिय बन्दै गएको छ ।

केराटिन ट्रिटमेन्टको फाइदा

– कपाल अल्झिन कम हुन्छ र कपाललाई सम्हाल्न सजिलो हुन्छ ।

– कपाल चम्किलो तथा सलक्क परेको हुन्छ ।

– कपाल सीधा हुन्छ जसले गर्दा तपाईले विभिन्न तरिकाले कपाल बाँध्न र खुला छोड्न सक्नुहुन्छ ।

– घाम र अन्य प्रदुषणबाट कपालमा हुने क्षतिलाई कम गर्छ ।

– कपालको अन्य समस्याहरु जस्तै– टुक्रने, झर्ने जस्ता समस्या कम हुदै जान्छ ।

केराटिन ट्रिटमेन्टको बेफाईदा

– तपाईको कपाल छिटो तैलिय हुन्छ र कपाल चिपचिप महशुस हुन्छ ।

– केराटिन गरे पछि ३ देखि ४ दिनसम्म कपाल नुहाउनु पाईदैन ।

– यो ट्रिटमेन्ट गर्न धेरै पैसा खर्च हुन्छ तर यसको फाइदा भने ३ देखि ५ महिना मात्र रहन्छ ।

– केराटिन ट्रिटमेन्टमा प्रयोग भएको केमिकलले तपाईलाई रिंगाटा लाग्ने, छाला चिलाउने जस्ता समस्याहरु देखापर्न सक्छन् ।

– कपालमा भएको प्राकृतिक प्रोटिन जस्तो कृक्रिम रुपमा राखिएको केराटिन प्रकृतिक जस्तो भने हुदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested