English

पहिलो टी–२० मा युगान्डासँग नेपाल १२ रनले पराजित



घरेलु मैदानमा पहिलो पटक भएको टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । इन्दु २८ बलमा एक चौका प्रहार गर्दै रन आउट भइन् ।

यस्तै, डल्ली भट्टले १० बलमा १३ रन र विन्दु क्षेत्रीले २३ बलमा १२ रन बनाए । अविजित रहेकी कविता कुँवरले ६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका दुवै ओपनर ब्याटर रन आउट भएका थिए । बिन्दु रावल २३ बलमा १२ रन बनाएर रन आउट भइन् । विकेट किपर समेत रहेकी ज्योति पाण्डे ७ बलमा ६ रन बनाएर पेवेलियन फर्किइन् ।

कप्तान रुविना क्षेत्री ९, अप्सरी वेगम १, कविता जोशी ४, रोमा थापाले ५ रन बनाएर आउट भए ।

युगान्डाको लागि सराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सराहले १३ रन खर्चिइन् । कोन्सीले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिइन् । जनेत एमवावाजी र रिता मुसामालीले समान एक विकेट हात पारे ।

टस हारेर ब्याटिङ गरेको युगान्डाका लागि जनिद एम्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरेकी थिइन् ।

रिता न्याङ्गिन्डोले १८ रन, ओपनर केविन अविनोले १५, रीता मुसामालीले १३, फ्राङ्क्लिन नाजुम्बोले १२ रन बनाइन् । ओपनर ब्याटर लिओना बाविर बोल्ड आउट भइन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बल फ्याँकेकी कविताले १५ रन खर्चिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान १ विकेट लिएका थिए ।

पहिलो टी-२० खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरिन् । उनलाई कप्तान रुविनाले डेब्यु क्याप प्रदान गरेकी थिइन् । वागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा यस अघि रहेपनि पहिलो पटक टिममा स्थान बनाएकी हुन् ।

डेब्यु खेलमा उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएकी थिएन् । यद्यपि, विकेट भने लिन सकिनन् । ब्याटिङतर्फ भने ३ बलमा रन जोड्न सकिनन् ।

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेलेको हो । ऐतिहासिक श्रृंखलाको दोस्रो खेल भोलि टियु मैदानमै हुनेछ । नेपाल र युगान्डाबीच पाँच खेलको श्रृंखला हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested