English

राजस्थान दोस्रो स्थानमा उक्लियो



लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रवी बिश्नोईले २ विकेट लिए ।

जितसँगै राजस्थान १३ खेलमा १६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झर्यो ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का