English

१४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल



विद्यालय बन्द गर्ने कि खोल्ने अन्तर्द्वन्द्वका बीच अन्ततः स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण अति प्रभावित जिल्ला भनी वर्गीकरण गर्दै ती जिल्लाका विद्यालय नजान आग्रह गरिएको हो ।

कोरोनाबाट अति प्रभावित जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

मन्त्रालयले विहिबार विज्ञप्ती जारी गर्दै हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो । यस्तै रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभासम्मेलन, बैठक नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थल पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नहुन मन्त्रालयको आग्रह छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा सम्पूर्ण अस्पताललाई फिबर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न निर्देशनसमेत दिइएको छ ।

थप ५३४ संक्रमित

यसैबीच पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५८८ मा पीसीआर र ५६४ मा एन्टिजेन गरी ४ हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो ।

विहिबार थपिएका संक्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । गत २४ घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७ संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ ।

हाल देशभर ४ हजार ३८४ संक्रमित आइसोलेशनमा छन् । तीमध्ये ३ हजार ८९४ होम आइसोलेशनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

No photo description available.
May be an image of text



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,